बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुधबारेको किनारा बस्तीमा मंगोल प्रशिक्षण

mongolvision | 29 जनवरी 2022

बुधबारेको  किनारा बस्तीमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ति गाउँ सभाको आयोजनामा बुद्धशान्ति -३ स्थित किनारा बस्तीमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. बुद्धशान्ति गाउँसभा अध्यक्ष मोहनसिंह लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभा सदस्य अक्कल तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ. केन्द्रिय सदस्य मंगलसिंह लिम्बू रहनु भएको थियो भने अतिथिहरुमा जिल्ला सभा झापाका सचिव सागर दर्जी, प्रचारप्रसार सचिव भानु धिमाल , जिल्ला सदस्यहरु राम चेम्जोङ र डिल्ली योङहाङ रहनुभएको थियो । 
          कार्यक्रममा अतिथिद्वय डिल्ली योङहाङ र भानु धिमालले मन्तव्य राख्नुभएको थियो भने अतिथि सागर दर्जीले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि मंगलसिंह लिम्बूले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अक्कल तामाङले अबको समय मूलबासी मंगोलहरुले आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको लागि मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने र चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रम बुद्धशान्ति गाउंसभा सचिव समीर सुब्बाले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्