बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बग्नासकाली ४ खानिछापमा मंगाेल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण - पाल्पा

दिपक मंगाेल | 2 सेप्टेम्बर 2019

बग्नासकाली ४ खानिछापमा मंगाेल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण - पाल्पा

३० अगष्ट २०१९ का दिन मंगोल नेशनल अर्गनाईजेशन बग्नाशकाली ४ नं वडा सभाको आयोजनामा बग्नासकाली ४ खानीछापमा मंगोल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ। 
        कार्यक्रमक सभा अध्यक्ष अमर दर्लामीले गर्नु भएको थियो भने संचालन पुर्णबहादुर गाहाले गर्नु भएको थियो, प्रमुख अतिथाी तथा प्रमुख प्रशिक्षक लालबहादुर दर्लामी रहनुभएको थियो भने अतिथीहरु जयकली दर्लामी, पाल्पा जिल्ला अध्यक्ष तोपबहादुर खाम्चा लगाएत एम.एन.ओका अन्य नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो। 
       एम.एन.ओ, मंगोल राष्ट्रबाद र मंगोल अस्तित्व सम्वन्धी प्रशिक्षण दिदै प्रशिक्षक दर्लामीले नेपालमा रहेका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरुको छाता संगठन मंगोल नेशनल अर्गनाईजेशन भएको र मंगोल मुक्तीको लागी स्थापनाकाल देखिनै वैचारिक क्रान्ति तथा बैचारिक संघर्ष गर्दै आईरहेको बताउनु भयो साथै मंगोल राष्ट्रबाद निर्माणको लागि सुतेका वा अचेत अवस्थामा रहेका मुलवासी मंगोलहरुलाई जगाउने काम र संगठनमा आवद्ध हुने मंगोल सदस्यहरु दिन प्रतिदिन बढ्दै गएको हुदाँ सफलताको नजिक पुगेको समेत जिकिर गर्नु भयो।
       कार्यक्रम समापन गदै कार्यक्रमका अध्यक्ष अमर दर्लामीले बग्नाशकाली ४ न. वडा पुरै मंगोलमय बनाउनको लागि हर हमेशा लागि परेको बताउदै आगामी दिनहरुमा अझ व्यापक ढङ्गले संगठन विस्तार गर्ने समेत विस्वास दिलाउनु भयो।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्