बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बगनासकाली गाउँपालिका वडा चारमा महछाप टोल सभा गठन

Baneera Mongol Meche | 31 मार्च 2019

बगनासकाली गाउँपालिका वडा चारमा महछाप टोल सभा गठन

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको आयोजनामा बगनासकालि गाउँपालिका वडा नम्बर चार खानिछाप स्थित महछाप टोल सभा गठन भएको छ । ओनिश गाहा मगरको अध्यक्षतामा मिति २०७५-१२-१६ गते शनिवारका दिन मानव अस्तित्व लगायत राजनितिक लोकचेतना विषयक एक प्रशिक्षण कार्यक्रमको बीच एघार सदस्यीय महछाप टोल सभा गठन भएको हो । जसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः तुलसी गाहा, सरिता पल्ली, युवराज कनैजे, नर बहादुर दर्लामी छन् भने सदस्यहरूमा दिपक दर्लामी, तोप बहादुर कनैजे, खेमान सिङ गाहा, मोहन कुमारी गाहा र जित कुमारी कनैजे, सल्लाकाररूमा पदम बहादुर कनैजे र नरमती गाहा रहेका छन् ।

बगनासकाली गाउँपालिका वडा चारमा महछाप टोल सभा गठन

         कार्यक्रममा तोप खाम्चाको प्रमुख आतिथ्यता र मुख्य प्रशिक्षणमा सम्पन्न उक्त कार्यक्रममा अतिथी खाम्चाले मानव उत्पती, मानव अस्तित्व लगायत मूलवासी मंगोल र आदिवासी जनजाती शव्दको अर्थ र गहिरो असरबारे प्रष्ट्याउनु हुँदै उपस्थित लोकसमुदायहरुलाई प्रशिक्षण प्रदान गर्नु भयो । मन्तव्यकै क्रममा पाल्पा जिल्ला सभाका सचीव पुरन दर्लामिले आफ्नो भाबी सन्ततिको उज्वल भबिष्य र यो देश बिकासको लागि एमएनको आवश्यकता रहेको कुरामा जोड दिनु भयो । त्यस्तै उक्त कार्यक्रमको अतिथीमा जिल्ला सभा पाल्पाका साँस्कृती सभाका कोषाध्यक्ष मनोज राना रहनु भएको थियो भने वडा तथा टोल सभाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम जिल्ला पाल्पाका सभा सदस्य दिपेन्द्र खाम्चाले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्