शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भोजपुरको सदानन्द नगरसभामा प्रशिक्षण सँगै टोल कमिटी गठन भएको छ

Sanjuhang Mongol | 19 मे 2019

भोजपुरको सदानन्द नगरसभामा प्रशिक्षण सँगै टोल कमिटी गठन भएको छ

भोजपुर / तदानुसार 18 May 2019 को दिन मंगोल नेशनल अर्गनाइजेशन भोजपुर जिल्ला, सदानन्द नगर सभाको आयोजनामा सदानन्द (दिंला) नगरपालिका वडा नम्बर - 2 दाङमाया टोलमा एमएनओको टोल सभा गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एमएनओ सदानन्द नगर सभा अध्यक्ष अनुप राईको सभाध्यक्षता साथै एमएनओ केन्द्रीय सभा सदस्य चन्द्र बान्तावाको प्रमुख आतिथ्यता र भोजपुर जिल्ला सभा सदस्य तुलराज राईको विशिस्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । एमएनओको ´गाउँ गाउँ जाउ मूलबासी मंगोल जगाउ` अभियानलाई आत्मसाथ गर्दै जिल्ला सभा भोजपुर को सदानन्,द नगर सभाको आयोजनामा भएको उक्त कार्यक्रममा वडा सभा - 2 को टोल सभामा अध्यक्ष, सचीव, कोषाध्यक्ष, सहसचिव मा क्रमशः दलराज राई, अधिराज राई, कृष्ण तामाङ, बुद्ध राम राई र यसैगरी सदस्यहरुमा लाख कुमार राई, रन्जित राई, राम बहादुर राई मनोनित हुनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्