मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भोजपुरको दिङ्ला मझुवामा मंगोलको प्रशिक्षण

Dilip Dhimal | 17 मे 2019

भोजपुरको दिङ्ला मझुवामा मंगोलको प्रशिक्षण

भोजपुर / भोजपुर जिल्ला को षडानन्द (दिङ्ला) नगर पालिका वाड न १ मझुवामा मंगोल नेसनल अर्गनाइजेसनले एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । १७ may २०१९ शुक्रबार संगठनका केन्द्रीय सदस्य चन्द्र बान्तवाको उपस्थितिमा उप्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । षडानन्द नगर सभाले आयोजना गरेको प्रशिक्षण कार्यक्रम लाई केन्द्रीय सदस्य बान्तवाले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाले मंगोल वाद भनेको के हो , एम एनओले उठाउदै आएको माग र मुद्दा के हुन लगायत बिषयमा सहभागीहरु लाई प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाले अबको बिकल्प भनेकै एम एनओ मात्र भएकाले सबै मुलबासीहरु यसैमा आबद्ध हुनु पर्ने बताउनु भयो । नगर सभाका अध्यक्ष अनुप राइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मझुवा छेत्रका मुलबासी मंगोल लोक समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । यसै बीच कार्यक्रमकै अवसर पारेर चरण बहादुर राइको अध्यक्षतामा ७ सदस्यीय टोल सभा समेत निर्माण गरिएको छ । जसको सचिब , कोषाध्यक्ष र सह सचिबमा क्रमश सुरेन्द्र राई , श्रीमति कैलाश राई र सुर्य बहादुर राई रहनु भएको छ भने सदस्यहरुमा मोहन राई ,श्रीमति मंगला राई , र भिम राई रहेका छन । नब गठित टोल सभाका पदाधिकारीहरु लाई केन्द्रीय सदस्य चन्द्र बान्तवाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्