Mongol Vision News | 9 अक्टोबर 2019
भोजपुर / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा भोजपुरले पनि एक विरोध तथा बहिष्कार कार्यक्रम गरि हिन्दु आर्य बाहुनक्षेत्रीको कथित विजय दशमी बहिष्कार गरेकाछन । यसदेशका अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विदेशी खसआर्य हिन्दु बाहुनक्षेत्रीहरुको विजय शुरूवात भएको दिन कथित विजय दशै अहिन्दु मुलवासी मंगोलहरुको निम्ति कालो दिन थियोे । यसर्थ जव यो मंगोल भुमिमा समस्त अहिन्दु मुलवासी मंगोलसमुदायको निम्ति राजनैतिक चेतनाको ज्योति बनेर युगपुरुष अमर डा गोपाल गुरुङज्युको जन्म भयो । तव वहाँको पवित्र मंगोल दर्शन गाउँ- बस्ती कुना- कन्दरामा फैलिन थाल्यो । अहिले जहाँ डा गोपाल गुरुङज्युले प्राणको बाजी थापेर भद्रगोल जेलभित्र खोल्नु भएको संगठन मंगोल नेशनल अर्गनाइजेसन पुगेको छ । त्यहाँ हाम्रो मंगोल पुर्खाको टाउको छिनाली विजय उत्सव मनाउदै आएको कथित कालो दशै (हिन्दुआर्यको विजय उसत्व ) शसक्त रूपमा बहिष्कार गर्दै आएका छन् । केन्द्रिय सदस्य चन्द्र बान्तवा राइले हाम्रो पुर्खा हृदमा राई राम्लिहाङ्ग राईलाई दशै नमान्दा हत्या गरेको इतिहास हामीले भुल्नु नहुने भन्दै हामिले हाम्रो पुर्खा हत्या गरिएको दिनलाई कदापि खुसिको दिन मान्न नहुने सबैलाई जानकारी गराउनु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology