आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भोजपुरमा दशैँ बहिष्कार

mongolvision | 20 अक्टोबर 2021

भोजपुरमा दशैँ बहिष्कार


भोजपुर/ मंगोल नेशनल अर्गनाईजेशन भोजपुर जिल्ला सभाको आयोजनामा कथित दशैँ बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त  कार्यक्रम एम. एन. ओ. भोजपुर जिल्ला सदस्य जित कुमार राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य चन्द्र वान्तवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष अनिल राई विशिष्ट अतिथिमा रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिले दशैँको  एइतिहासिक पृष्ठभुमिलाई प्रस्ट्याउदै दशैँ मनाउनु नहुने कुरामा जोड दिनुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिले अबको समय हामीले संस्कारगत रुपमा परिवर्तन हुदैँ दशैँको समय कालो टिका लगाई यो संस्कार आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा भोजपुरको कार्यालयमा सम्पन्न भएको थियो। जिल्ला सदस्य शालिग्राम राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सहसचिव रमाला राईले सञ्चालन गर्नुभएको थियो ।
त्यसैगरी भोजपूर जिल्लाको षडानन्द नगर वडा सभा-१४ स्थित बान्टुङ  टोलसभा को आयोजनामा भिमकला राई को सभाध्यक्षतामा एवं जिल्लाअध्यक्ष  बिरेन्द्र राई को प्रमुख आतिथ्यतामा दसैं बहिष्कार  कार्यक्रम सम्पन्न भएको छ।
जिल्लासभा सचीव पारुहाङ राई को विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्लासभा सल्लाहकार नर बहादुर राइले सहभागी सम्पुर्णलाई कालो टिका लगाइदिएर यसको औचित्य बारे प्रष्टयाउनु भएको थियो।साथै कार्यक्रममा प्रमुख अतिथी र विशेष अतिथी ले पनि दशैको  बारेमा प्रकाश पारेको उक्त कार्यक्रममा सहभागी सम्पुर्णलाई टोलसभा सदस्य देवकुमार राई ले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए भने उक्त कार्यक्रम मौसम राई ले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्