शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भीमनगरको स्कुल डाँडामा मंगोल राष्ट्रवाद सम्बन्धि खुल्ला प्रशिक्षण सम्पन्न

Baneera Mongol Meche | 11 मे 2019

भीमनगरको स्कुल डाँडामा मंगोल राष्ट्रवाद सम्बन्धि खुल्ला प्रशिक्षण सम्पन्न

झपा / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभा साथै स्थानीय विजय तामाङको संयुक्त अायोजनामा भद्रपुर नगरपालिका वडा नम्बर ३ भीमनगर स्थित स्कुल डाँडामा एमएनअोको मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ११ May शनिबारका दिन स्कुल डाँडाका स्थानीय विजय तामाङको सभाध्यक्षता एवम् संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू ज्यूको प्रमुख अातिथ्यता साथै झापा जिल्ला सचिव बानिरा मेचेको विशेष अातिथ्यतामा मूलवासी मंगोल राष्ट्रवाद प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित मूलवासी लोक समुदायलाई कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक श्याम लिम्बू ज्युले एमएनअो र मंगोल राष्ट्रवादको विषय प्रशिक्षण प्रदान गर्दै र देशको समसामयिक घटना परिघटनाको विषयमा पनि प्रष्ट्याउनु भएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथि बानिरा मेचेले पनि अाफ्नो भनाइहरु राख्नुभएको थियो । उक्त कार्यक्रम भद्रपुर नगर सभा अध्यक्ष किशोर मगरले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्