mongolvision | 4 फेब्रुअरी 2022
झापा/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं. ३ स्थित भिमनगर चोकमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. भद्रपुर -३ वडा सभाका अध्यक्ष अमर बहादुर लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नं. प्रदेश सभाका अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा जिल्ला सभा झापाको अध्यक्ष बानिरा मेचे रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला सदस्यहरु जयेन मगर र सुभास लिम्बू रहनुभएको थियो ।
कार्यक्रममा अतिथि जयेन मगर र विशिष्ट अतिथि बानिरा मेचेले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि भाष्कर चाम्लिङले उपस्थित लोक समुदायहरुमा मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिसंगै मुलुकको दिगो विकास र प्रगतिको निमित्त अबको अन्तिम बिकल्प नै मंगोल नेशनल अर्गनाइजेशन रहेकोले सबैलाई कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम भद्रपुर नगरसभाका अध्यक्ष रावण लिम्बूले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology