शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टरको भब्य उदघाटन

Mongol Vision News | 9 मार्च 2020

बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टरको भब्य उदघाटन

झापा / मंगोल नेशनल अर्गनाइजेशनले झापाको मेची नगर पालिका २ भृकुटीमा निर्माण गरेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टर प्रारम्भिक भवनको शनिबार भब्य रुपमा उदघाटन भएको छ ।

    7 मार्च फागुन २४ गते संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्ध लाल मेचे र वरिष्ठ केन्द्रीय सदस्य शान्ति लाल धिमालले एक कार्यक्रमको बीच भवनको संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । मंगोल रिसर्च सेन्टर निर्माण सभाका संयोजक केन्द्रीय सचिब सन्तोष तामाङको अध्यक्षता एबम केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता र केन्द्रीय मुल सचिब थमन बुढा मगरको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनका केन्द्रीय सह-सचिव धन प्रकाश खिम्दुङ, केन्द्रीय प्रवक्ता एवम् मंंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका सम्पादक दिलिप धिमाल, प्रचार सचिव मणि पापो, वरिष्ठ केन्द्रीय सदस्यद्वय शान्ति लाल धिमाल, सुर्य कुमार गुरुङ, केन्द्रीय सदस्यहरु गणेश चाम्लिङ, टोम राज लिम्बू , सान बहादुर मेचे, सुरज फोम्बो, श्याम लिम्बू , प्रेम छिरी शेर्पा, धन माया तामाङ, प्रबिना थापा, शोभा राना, सोम गुरुङ, आयुस मंगोल, कुमार गुरुङ, शिव बहादुर गुरुङ, अकल तामाङ, दिल बरि राई, गलिन्द्र योङहाङ, मंगल सिंह लिम्बू , राजन चाम्लिङ, सुमित्रा राई बैल्कल्पिक केन्द्रीय सदस्यहरु देबेन्द्र राई, प्रेम श्रेष्ठ, केन्द्रीय सल्लाहकारहरु पदम नेम्बाङ, धन बहादुर राई, दिल बाहदुर लिम्बू , प्रदेश सभाका अध्यक्षहरु भाष्कर चाम्लिङ, नवीन गुरुङ लगायत अतिथि रहनु भएको थियो भने फाउण्डर प्रेसिडेन्ट डा. गोपाल गुरुङको कान्छी बहिनी कृष्णा गुरुङ, उहांँको भान्जा सरोज थापा, भान्जी बुहारी सारा थापा, भतिजी कबिता गुरुङ लगायत पनि कार्यक्रममा अतिथिको रुपमा सहभागी रहनु भएको थियो ।

    झापाको मेचीनगर २ मा रहेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टर परिसरमा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि मेचेले संगठनको पाँच क्रान्तिको स्वरुप पाँच मैन बत्ती बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्नु भयो । उदघाटन लगतै डा. गोपाल गुरुङ को सम्झानामा १ मिनेट मौन धारण गरिएको थियोे भने कार्यक्रममा झापा जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोलले आफ्नो स्वागत मन्तव्य मार्फत सबैलाइ स्वागत गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी मेचेले संस्थापक प्रेसिडेन्ट अमर युग पुरुष डा. गोपाल गुरुङको सपना पूरा भएको बताउनु भयो । " उहांँको सपना ढिलै भए पनि पूरा गर्न सफल भयौं, यस कार्यमा सहयोग गर्नुहुने सबैलाइ म धन्यवाद दिन चाहन्छु ।" मंगोल नेशनल अर्गनाइजेशनले उहाँको बाँकी रहेको सपनाहरुलाई क्रमश: पूरा गर्दै जाने छ । त्यसैगरि उहांँले डा.गोपाल गुरुङले लडेर प्राप्त गरेको लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीयतालाई अब कसैले पनि नोक्सान गर्न नसक्ने दाबी गर्नु भयो ।

बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टरको भब्य उदघाटन

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङको भान्जी बुहारीले मामाको सपना पूरा गरि दिएकोमा सबैलाई धन्यवाद दिदै भन्नू भयो - हामी परिवारले हजुरहरुलाई धन्यवाद दिई रहन सक्दैनौं । मामाले जुन उद्धेश्य लिएर अगाडि बड्नु भयो त्यसलाई तपाइहरुले साथ सहयोग दिई आज उहाँको सपना पूरा हुँदैछ । कार्यक्रममा संगठनका केन्द्रिय सदस्यहरु पेम छिरी सेर्पा, धन माया तामाङ, प्रबिना थापा, सोम गुरुङ, रिन्छेन दोर्जे तामाङ, आयुस मंगोल, प्रदेश नम्बर १ अध्यक्ष भाष्कर राई लगाएतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकै अवसर पारेर संगठनलाई निरन्तर सहयोग गरेका विभिन्न ब्यातित्वहरुलाई सम्मन्न गरिएको थियो । सम्मान कार्यक्रम एमएनओ मेची नगर सभाले प्रायोजन गरेको थियो । यसरी सम्मानित हुनेहरुमा पदम राई (झापा), दिलबहादुर राई (मोरङ, मन एक्तेन-इलाम, मेघाइ धिमाल-झापा, बुद्ध राज केदेम-झापा, छोइली धिमाल-झापा, दुर्गा कुमारी घले-इलाम, मन माया राई-इलाम, बिनु साङ्पाङ-इलाम, शान्ती सेर्मा-झापा, दिल माया राई-झापा, राम चेम्जोङ-झापा, र जस मान राई-मोरङ, सिद्धिकुमारी राई, ( झापा ), दोरेन धिमाल ( झापा ), रन माया राई ( झापा ) रहनु भएको छ । सम्मानितहरुलाई प्रमुख अतिथी मेचेले खदा लगाइ दोसल्ला प्रदान गर्नु भएको थियोे । कार्यक्रममा विभिन्न कलाकारहरुले गित नृत्य प्रस्तुत गर्नु भएको थियो भने राज कुमार गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्