शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरको निर्माण अाउदो जनवरीबाट थालिने

Mongol Vision News | 1 फेब्रुअरी 2019

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरको निर्माण अाउदो जनवरीबाट थालिने

                 झापा/ मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेण्ट एवम् युग पुरुष अमर डा. गोपाल गुरुङको अन्तिम इच्छा मध्येको बहुप्रतिष्ठित " मंगोल रिसर्च सेन्टर " को निर्माण कार्य अाउदो जनवरी २०२० बाट विधिवत रुपमा थालनी हुने भएको छ ।

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरको निर्माण अाउदो जनवरीबाट थालिने

               शुक्रबार मंगोल भिजनसँग संक्षिप्त रुपमा कुराकानी गर्ने क्रममा मंगोल रिसर्च सेन्टर निर्माण सभाका संयोजक सन्तोष तामाङले यस्तो बताउनु भएको हो । संगठनको प्रतिष्ठित विषय भएकोले यश कार्यलाई प्राथमिकतामा राखेर काम गर्नेछौं उहाँले भन्नु भयो । सेन्टरको सम्पूर्ण कुराहरु मिलाएर हामी अाउदो वर्षदेखि यसको निर्माण सुरु गर्छौ ।

                     झापाको मेचीनगर नगरपालिका वडा. नं .- २ भृकुटी वरपिपल चोकमा निर्माण हुन लागेको ' मंगोल रिसर्च सेन्टर ' भवनको लागि संगठनका संस्थापक प्रेसिडेण्ट युग पुरुष डा. गोपाल गुरुङ जिवित रहँदा संगठनका तत्कालीन मुलसचिव एवम् वर्तमान वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमालले उहाँलाई १५ धुर जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो । 

                                        त्यहीँ समयमै डा. गोपाल गुरुङले त्यहाँ मंगोल रिसर्च सेन्टर निर्माण गर्नुपर्छ भनेपछि तत्कालीन मुलसचिव शान्तिलाल धिमालकै संयोजकत्वमा निर्माण सभा गठन गरी निर्माण कार्य अारम्भ गरे तापनि अार्थिक समस्याका कारण भवनको जग मात्र उठाएको थियो । डा. गोपाल गुरुङ जिवितै रहेको समयमा जसरी पनि रिसर्च सेन्टर निर्माण सम्पन्न गर्ने अठोट लिएको भए पनि अाफुहरुले सो काम गर्न नसकेकोमा दु:ख लागेको तत्कालीन निर्माण सभाका संयोजक शान्तिलाल धिमालले बताउनु भयो । संगठनका संस्थापक प्रेसिडेण्ट डा. गोपाल गुरुङको देहान्त पछि उहाँको पार्थिक शरीरलाई सोही ठाउँमा समाधी गरिएको छ । 

                                            संगठनको ईलाममा सम्पन्न भएको पाँचौ राष्ट्रिय महाधिवेशनले मंगोल रिसर्च सेन्टर निर्माण कार्य जसरी पनि सम्पन्न गर्ने प्रस्ताव पास गरेपछि केन्द्रीय अार्थिक सभाले यस कार्यको लागि अार्थिक सहयोग जुटाउने कार्य गरिरहेको अार्थिक सभाका संयोजक धनप्रकाश खिमदुङले बताउनु भयो । हामी विभिन्न प्रदेश, जिल्ला एवम् गाउँ तथा नगर सभाहरुलाई मंगोल रिसर्च सेन्टर भवन निर्माणको लागि अार्थिक सहयोग संकलन गर्न भनी परिपत्र जारी गरिसकेकाछौं साथै प्रवास सभाहरुलाई समेत यसबारे जानकारी गराइसकेकाछौं । उहाँले भन्नुभयो कुल ५ करोडको अनुमानित बजेटमा निर्माण हुन लागेको मंगोल रिसर्च सेन्टरमा डा. गोपाल गुरुङको शालिक, सभाहल एवम् रिसर्च हल अादि हुनेछ । हलको जग्गा निर्माण कार्यको लागि अपुग हुने भएकाले थप जग्गा खरिद समेत गर्ने निर्माण सभाका संयोजक सन्तोष तामाङले बताउनुभयो । 

                                          यसै बीच केन्द्रीय अार्थिक सभाले मंगोल रिसर्च सेन्टर निर्माणको लागि झापामा अार्थिक सहयोग संकलन गर्न थालिसकेको सभाका सदस्य सान बहादुर मेचेले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रवास सभा भारत मेघालयका सचिव मिता मोक्तानले सेन्टरको लागि रु ८०००/ प्रदान गर्नुभएको छ भने इलाम नगरपालिका ६ हाल मे.न.पा. ८ बस्ने धन बहादुर तामाङले पनि नगद रु ५१०००/ प्रदान गर्नुभएको छ । यसरी प्रतिबद्धता व्यक्त गर्नेहरुमा भाष्कर चाम्लिङ ५०५००/, रुद्र राई ५१०००/, दिल बहादुर लिङखिम ५१०००/, राजकुमार गुरुङ २००००/, बुदिमान राई ५१०००/, केबी तामाङ ५१०००/, सिद्दिकुमारी राई ५१०००/, दिलवरी राई ५१०००/, अाशिष रानामगर १००००/, राजकुमार तामाङ १००००/, श्रीप्रसाद लिङखिम ५१०००/, सागर राई २६०००/, अकल तामाङ २५०००/, टिकानारायण प्रधान ११०००/, सन्तोष तामाङ ५५०००/, धन बहादुर राई ११०००/, श्याम लिम्बू ४००००/, सत्यकला नेम्वाङ ५१०००/, नर बहादुर राई १११००/, प्रकाश हाङ्खिम १००००/, धन बहादुर तामाङ ५०००/, मोहनसिंह तामाङ ५०००/, राजकुमार धिमाल ५६०००/, पदम नेम्वाङ ५१०००/, विजय मगर ५०००/, जेम थुलुङ ५१०००/, लासिमहाङ लिम्बू २६०००/, बुद्धलाल मेचे ५१०००/, अनुपा मेचे ५१०००/ रहनु भएको छ । एवम् निर्माणको लागि सहयोग गर्नेहरु थपिदै जाने सदस्य मेचेले बताउनु भयो । अार्थिक सभाले मंगोल रिसर्च सेन्टर निर्माणमा सहयोग गर्नेहरु मध्ये ५०००/ दिनेहरुको नाम बुकलेटमा राख्ने ५०००/ देखि २५०००/ सम्मकोलाई भित्तामा नाम लेख्ने २५०००/ देखि ५००००/ सम्मकोलाई शिलालेखमा नाम राख्ने ५००००/ देखि १०००००/ सम्मकोलाई शिलालेख सँगै पि.पि. साइजको फोटो र १०००००/ माथि दिनेहरुको ठूलो फोटो सहित शिलालेखमा नाम राखिने जनाएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्