बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरको निर्माण कार्य थालनी

Mongol Vision News | 20 अगस्ट 2019

बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरको निर्माण कार्य थालनी

झापा/ मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट अमर युग पुरुष डा गोपाल गुरुङ र मंगोल नेशनल अर्गनाइजेशन संगठनको बारेमा रिसर्च गर्न सजिलो होस भन्ने हेतुले मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाको आयोजनामा बन्न लागेको" मंगोल रिसर्च सेन्टर " को प्रारम्भिक कार्य थालनी भएको छ । झापा जिल्ला मेचिनगर नगरपालिका वार्ड नम्बर- २, भृकुटी स्थित डा गोपाल गुरुङज्युको समाधी स्थलमा निर्माण हुन लागेको उक्त रिसर्च सेन्टर निर्माणको लागी आर्थिक जुटाउन धनप्रकाश खिम्दुङको संयोजकत्वमा "आर्थिक सभा निर्माण गरि जिम्मा दिएको थियो भने निर्माण कार्य सम्पन्न गर्न निर्माण सभाका संयोजक केन्द्रिय सभाका सचीव सन्तोष तामाङलाई दिइएको थियो । दुरदर्शि राजनीतिज्ञ डा गोपाल गुरुङज्युको ऎतिहासिक समानहरु अहिले झापाको बडाखालमा भाडाको घरमा रहेकोे र त्यसलाई सर्वप्रथम सुरक्षीत गर्न पहिलै शुरु भएको रिसर्च सेन्टरलाई प्रारम्भिक रिसर्च सेन्टर भवनको रुपमा निर्माण गरि उक्त ऐतिहासिक समानहरुलाई ब्यवस्थित गरिने जानकारी गराउनु भएको छ । प्रारम्भिक रिसर्च सेन्टर भवनमा मुल रिसर्च सेन्टर बनिने क्रममा सोधपुछ गर्न आउनेहरूको लागी सुचाना प्रदान तथा जानकारी गराउनको निम्ति मंगोल भिजन परिवारका सदस्य समेत रहने प्रबन्ध मिलाउन लागेको संयोजक तामाङले बताउनु भएको छ । " यो प्रारम्भिक रिसर्च सेन्टर भवनमा फाउण्डर प्रेसिडेन्टको महत्वपूर्ण कागजात तथा अन्य ऐतिहासिक समानहरु सुरक्षीत र ब्यवस्थित रूपमा राखिने छ , त्यसमा रिसर्च सेन्टर बनिने क्रममा बाहिरबाट सोधपुछ तथा जानकारी लिन आउनेहरुलाई समन्वय गर्न मंगोल भिजन परिवारका सदस्यहरु पनि यहीँ रहेर छापा पत्रीका तथा अनलाइन पत्रीका संचालन गर्नेछन् , थपमा तामाङले भने अब यो भवन निर्माण संगै गोपाल गुरुङको नाममा रहेको जग्गा संगठनको नाममा ल्याउने र अपुग जग्गा खरिद गरी इन्जिनियरलाई नक्सा पास गराउने प्रक्रिया अगाडि बढेको मंगोल भिजनलाई बताएका छन् । डा गोपाल गुरुङज्यु जिवित छँदादेखि वहाँको भावना ,चाहना ,सपना अनुसार बन्न लागेको मंगोल रिसर्च सेन्टर निर्माणका लागी विभिन्न व्याक्तिहरुबाट प्रतिबद्धता रहेको र प्रतिबद्धता गरेको रकम आर्थिक सभालाई बुझाइ सकेका निम्न व्याक्तीहरु रहेको आर्थिक सभाका सदस्य सान बहादुर मेचेले हामिलाई जानकारी गराउनु भएको छ भने बचन प्रतिबद्धता जाहेर गर्नु हुने देश तथा विदेशमा रहनुहुनु भएका सम्पुर्ण मंगोलप्रेमी महानुभावहरुलाई काम शुरु भइसकेकोले चाँडै रकम जम्मा गराई यो ऐतिहासिक कार्यमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । रकम बुझाउनु हुने महानुभावहरुको नामवली यसप्रकार छ ।

 १ ,भाष्कर चाम्लिङ - ६६, ७३३ झापा

२, मिता मोक्तान - ८,००० ओखलढुंगा

३, धन बहादुर तामाङ - ५१,००० झापा

४, बिर बहादुर तामाङ -१,०११११.१ धादिङ

५, फुलमान तामाङ (केबि) - ५१,००० झापा

६, मुम ब गुरुङ - ५००५ लमजुङ

७,योङलामा तामाङ - २५०५० धादिङ

८, हेम कुमारी गुरुङ - २५,००० लमजुङ

९, विकास गुरुङ- १,११,५५५ लमजुङ

१०, तेम्बा ग्याल्जेन - ५५,५००गोर्खा

नोट : तस्बिर उपलब्ध भएपछी लगाइनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्