mongol vision | 21 अप्रिल 2021
रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन रुपन्देही जिल्ला सभा द्वारा एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम तिलोत्तमा ११ भुपुसैनिकमा सम्पन्न भएको छ।
२१ अप्रिल २०२१ को दिन भएको उक्त कार्यक्रम जिल्ला सभाका अध्यक्ष कुलविर घर्ती मगरको सभाध्यक्षतामा सम्पन्न भएको हो । मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र कुमारी गुरुङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी शिव बहादुर गुरुङले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो ।
प्रशिक्षणको क्रममा गुरुङले मुलुकमा ७ पटक संविधान बनाउँदा पनि यहाँका मुलवासी मंगोलहरुको अस्तित्व संविधानमा लेखिएको छैन त्यसकारण देशमा एकमात्र संगठन हो एम एनओ जसले अस्तित्व सहितकोको राजनिती गर्दैछ भनेर उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य वीर बहादुर गुरुङले पनि मन्तव्य राख्नुभएको थियो। कार्यक्रम रुपन्देही जिल्ला सभाका वरिष्ठ सदस्य खड्क मिलन मगरको स्वागत मन्तव्य राखेका थिए र देवदह नगर सभाका अध्यक्ष सृजना गुरुङले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology