मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भेटघाट साथै कार्यकर्ता प्रशिक्षण भेला

Baneera Mongol Meche | 3 फेब्रुअरी 2019

भेटघाट साथै कार्यकर्ता प्रशिक्षण भेला

झापा / मंगोल नेशनल अर्गनाइजेसन बुद्धशान्ति गाउँपालिका वडा.७ स्थित संगठनका केन्द्रीय सदस्य धन बहादुर राईको निवासमा भेटघाट साथै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

     3फेब्रुअरी झापाको बुद्धशान्ति गाउँपालिका वडा न.7 मा एमएनओ बुद्धशान्ति गाउँपालिकाको आयोजनामा बुद्धशान्ति गाउँसभा अध्यक्ष छत्र खेवाको अध्यक्षता र संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू अकल तामाङ, सत्यकला राई, केन्द्रीय सल्लाहकारहरु दिल बहादुर लिङ्खिम, पदम नेम्बाङ, धन बहादुर प्रदेश न.१ सभा सचिव सागर राई, झापा जिल्ला सदस्य चन्द्रहाङ लिम्बू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख प्रशिक्षक संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेले संगठन विस्तार गर्ने विषयमा उपस्थित कार्यकर्ताहरुलाई आफ्नो महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको थियो।त्यस्तै संगठनका केन्द्रीय सदस्य अकल तामाङ र प्रदेश न.१ सभा सचिव सागर राईले पनि कार्यक्रमलाई संबोधन गर्नु भएको थियो । उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य मंगलसिह लिम्बूले सञ्चालन गर्नुभएको थियो।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्