बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भावना चोकमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

mongol vision | 3 अप्रिल 2021

भावना चोकमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर ३ नम्बर वडा सभाको आयोजनामा मेचिनगर ३ स्थित भावना चोकमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मेचिनगर ३ वडा सभाका अध्यक्ष अर्पण सुनुवारको सभाध्यक्षतामा एवं एम एनओ केन्द्रिय सदस्य श्याम लिम्बु ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एम एनओ १ नम्बर प्रदेश सदस्य डि.एन धिमाल हुनुहुन्थ्यो भने अतिथिमा झापा जिल्ला सभाकी सचिव बानिरा मेचे र निवर्तमान मेचिनगर अध्यक्ष सागर दर्जी रहनुभएको थियो । संगठन विस्तार सँगै लोक समुदायलाई राजनैतिक चेतनशील बनाउने मूल उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा निवर्तमान मेचिनगर अध्यक्ष सागर दर्जीले मानव उत्पत्ति, अस्तित्व र पहिचानको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि बानिरा मेचे र विशिष्ट अतिथि डि.एन धिमालले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि श्याम लिम्बुले आजसम्म हामी मूलबासी मंगोलहरु केहि पाएर सर्वस्व गुमाउने अभियानमा लागी परेको कारण अबको समय केहि गुमाएर केहि पाउने अभियानमा मंगोल नेशनल अर्गनाईजेशनलाई साथ, सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा आफ्नो अमुल्य मत मंगोल नेशनल अर्गनाईजेशनलाई विश्वास गरेर खसाल्नको निम्ति आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सभा सदस्य खगेन्द्र तामाङले राख्नुभएको थियो भने वडा सभा सचिव सागर तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्