आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुर ४ को अध्यक्षमा नरेन्द्र

mongolvision | 28 सेप्टेम्बर 2021

भद्रपुर ४ को अध्यक्षमा नरेन्द्र

 

झापा / मंगोल नेशनल अर्गनाइजेसन भद्रपुर वाड न  ४ वाड सभाको ऐतिहासिक दोश्रो अधिवेशन आज सम्पन्न भएको छ।
असोज ११ गते तदानुसार सेप्टेम्बर २७ सोमबार  का दिन सम्पन्न भएको अधिवेशनमा दोश्रो ऐतिहासिक वडा अधिवेशन मुल आयोजक सभाको संयोजक रन्जित लिम्बू को सभा अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भद्रपुर नगर सभाका अध्यक्ष जायेन मगर प्रमुख अतिथि रहनु भएको थियो  भने कोषाध्यक्ष सुभास लिम्बू विशिस्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मगरले मंगोल समुदायहरुलाई के कस्तो षड्यन्त्र द्वारा पछी पारियो र त्यो तोड्न मंगोल समुदायले चल्नु पर्ने कदमहरुको विषय प्रकाश पार्नु भएको थियो। त्यस्तै उहाले ससक्त रुपमा संगठनको काम लाई अगाडि अधिबेशन बाट चुनिएका वाड सभाका पदाधिकारीहरु लाई निर्देशन समेत  दिनु भएको छ । अधिबेशन कार्यक्रममा वाड नं २ वरिष्ठ सल्लाहकार चन्द्र जोगि,सोही वडाका अध्यक्ष महेन्द्र लिम्बू लगायतका वक्ताहरुle शुभकामना मन्तब्य राख्नु भएको थियो।
अधिवेशनले नरेन्द्र देवानलाई अध्यक्षमा सर्व सहमतिले चयन गर्नुका साथै सचिवबमा अन्जना माबो लाई चयन गरेको छ।  त्यस्तै  सहसचिवमा निशा लोवा र कोषाध्यक्षमा वीर बहादुर लिम्बू चयन भएका  छन भने सदस्यहरुमा क्रमश राज कुमार लिम्बू,सुन्दर लिम्बू,सरण लिम्बू,निलम राई,सन्तोष माबो,भद्रपुर इधिङो,सरोज तामाङ, दिनेश मगर,चन्द्र मरोहाङ,विनोद लिम्बू,धन बहादुर लिम्बू,इस्वर मगर,भिम गुरुङ र पुस्पा लिम्बू रहेका छन । भिम जबेगु,बिक्रम चोङ्बाङ,राहुल माबो र सुकविर लिम्बू लाई वाड सभाको सल्लाहकारमा चयन गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्