बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुर वडा २ मा एमएनओको टोल सभा गठन

Mongol Vision News | 8 फेब्रुअरी 2020

भद्रपुर वडा २ मा एमएनओको टोल सभा गठन

भद्रपुर/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सक्रीयतामा वडा नम्बर २ महारानी चौकमा टोल सभा गठन भएको छ ।

     8 फेब्रुअरी शनिवारको दिन एमएनओ भद्रपुर नगर अध्यक्ष जयेन मगरको सभाध्यकतामा सम्पन्न मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रमको अवसरमा उक्त टोल सभा गठन भएको हो । जसको संयोजकमा ओम बहादुर मगर चयन भएको छ । त्यस्तै सचिवमा भोजराज थापा मगर र अन्य सदस्यहरुमा हेम कुमारी नेम्बाङ, चन्द्र बहादुर मगर, धनमाया दर्जी र खडक बहादुर मगर चयन भएका छन् । एमएनओ भद्रपुर नगर सभा सचिव अर्जुन लोवाले सन्चालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा अध्यक्ष जयेन मगरले लिखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान गरेका थिए ।

     उक्त प्रशिक्षण कार्यक्रममा कोषाध्यक्ष सुवास इधिङ्गोले स्वागत मन्तव्य राखेका थिए भने नगर सदस्यहरु सोनाम तामाङ, संतोष लिम्बूको पनि उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा प्रशिक्षक मगरले मानव अस्तित्व लगायत नेपालको वास्तविक समस्या माथी ओझेल पारिएको शाब्दिक षड्यन्त्र आदिवासी जनजाती र मूलवासी शव्दबारे प्रष्ट पारेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्