मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुरको भिन्न भिन्नै स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

Melina Tamang | 20 अप्रिल 2019

भद्रपुरको भिन्न भिन्नै स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

भद्रपुर/ झापा जिल्लाको भद्रपुर नगरपालिकाको भिन्न भिन्नै स्थानहरूमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सक्रीयतामा भद्रपुर नगर सभाको वडा नम्बर दुईमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम भएको हो । भद्रपुर नगर सभाका अध्यक्ष किशोर मगरको सभाध्यक्षता साथै मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यता, एमएनओ जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोलको विशिष्ट आतिथ्यता र झापा जिल्ला सदस्य संजुहाङ मंगोलको आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो । अहिलेको समय र परिस्थिति हामी मूलवासी मंगोलहरू राजनितिक चेतनशिल बन्नै पर्ने आएकोले हामी मंगोलहरू एक हुनुको विकल्प नरहेको प्रमुख अतिथि लिम्बूले बताउनु भयो । मन्तव्यकै क्रममा उहाँले बताउनु कि हिमालमा बस्ने पहाडमा बस्ने मंगोलहरुलाई दुखे अब तराईको मंगोलहरुलाई दुख्नु पर्छ साथै तराईको मंगोललाई दुखे हिमाल पहाडको मंगोललाई दुख्नु पर्छ । हामिले आफ्नो लागि आफै गर्नु पर्ने र आफ्नो लागि गर्ने भनेको हाम्रो साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन मात्र भएको कुरा पनि लिम्बूले बताउनु भयो । सांगठनिक प्रचारप्रसारको क्रममा आफ्नो चुनावी क्षेत्रमा सक्रिय प्रमुख अतिथी लिम्बूले तपाईं हाम्रो साझा दुश्मन विदेशी बाहुन क्षेत्री रहेकोले आफ्नो को हो पराई को हो ? चिन्न आवश्यक रहेको बताउनु भयो । हिजो तराईका अहिन्दू मूलवासी मेचे, कोच र धिमाल समुदाय हुकुमबासी रहेको तर विदेशी बाहुन क्षेत्रीले आज सुकुम्बासी बनाएको र अबको समय बाहुन क्षेत्री र तिनका आसेपासे,भरिया आफ्नो भावी सन्ततिको भविष्य माथी लात हान्ने हनुमानहरुलाई विश्वास गर्नु नहुने कुरा पनि बताउनु भयो । त्यसैगरी मन्तव्यकै क्रममा विशिष्ट अतिथी लासिम हाङ मंगोलले मानव अस्तित्व लगायत आदिवासी जनजाती र मूलवासी शव्दको बृहत् अर्थ बारे प्रष्ट पार्नु भयो ।

भद्रपुरको भिन्न भिन्नै स्थानमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

       यसैगरी सोही दिन भद्रपुर नगर सभाकै सक्रियतामा भद्रपुर नगर वडा नम्बर तीनमा पनि मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा भद्रपुर नगर अध्यक्ष किशोर मगरकै अध्यक्षता र संगठनका केन्द्रीय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यता र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोलको विशिष्ट आतिथ्यता रहेको थियो भने अतिथिमा जिल्ला सभा झापाका सदस्य संजुहाङ मंगोल रहेका थिए भने कार्यक्रममा प्रमुख अतिथी लिम्बूले नेपालको वास्तविक राजनिती लगायत मानव अस्तित्व विषयमा उपस्थिति लोकहरुलाई प्रशिक्षण प्रदान गर्नु भयो भने भद्रपुर नगर सभाका सदस्य रेवत मगरले स्वागत मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्