बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुरको गौरीशंकरमा मंगोल प्रशिक्षण

mongolvision | 30 जनवरी 2022

भद्रपुरको गौरीशंकरमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर -२ वडा सभाको आयोजनामा  भद्रपुरको गौरीशंकर टोलमा मंगोलवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. भद्रपुर -२ वडा सभा अध्यक्ष महेन्द्र लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सभा झापाका सदाय सुभास लिम्बू रहनुभएको थियो भने विशेष अतिथिमा भद्रपुर नगरसभा अध्यक्ष रावण सुहाङ रहनुभएको थियो ।
         कार्यक्रममा रावण सुहाङ, सुभाष लिम्बूले मन्तव्य राख्नुभएको थियो भने स्थानीय लोक समुदायहरुलाई प्रमुख अतिथि मेचेले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेशन भएकाले सबैलाई यस संगठनमा आवद्ध हुन र चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा  भद्रपुर नगरसभा सदस्य चन्द्र जोगीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भद्रपुर-२ वडा सभा सचिव सानु लिम्बूले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्