बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुरको रंगिला चोकमा मंगोल प्रशिक्षण

mongolvision | 18 जनवरी 2022

भद्रपुरको रंगिला चोकमा मंगोल प्रशिक्षण


झापा / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर -३ वडा सभाको आयोजनामा झापाको भद्रपुर स्थित रंगिला चोकमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम वडा सभाका अध्यक्ष अम्बर बहादुर राईको सभाध्यक्षतामा  एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभा सदस्य सान मेचे ज्युको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सभा झापाका सचिव सागर दर्जी रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला सदस्य जयेन मगर र भद्रपुर नगरसभा अध्यक्ष रावण मंगोल रहनुभएको थियो । कार्यक्रममा सागर दर्जीले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि मेचेले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम भद्रपुर नगरसभाका सचिव रेवत मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्