मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुरले थाल्यो चुनाबी अभियान

भद्रपुरले थाल्यो चुनाबी अभियान | 26 मार्च 2022

भद्रपुरले थाल्यो चुनाबी अभियान


झापा/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं. ९ स्थित घोडामाराको राजवंशी गाउँमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण  तथा चुनाबी अभियान थालेको छ । 
२६ मार्च २०२२ का दिन सम्पन्न उक्त कार्यक्रममा भद्रपुर नगरसभा अध्यक्ष अर्जुन सुहाङ "रावण"को सभाध्यक्षता एवं एम. एन. ओ. १नं. प्रान्तीय सभा अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिमा प्रदेश नं १ सदस्य देव नारायण धिमाल रहनुभएको थियो भने अतिथिहरुमा झापा जिल्ला कोषाध्यक्ष विरबल योङ्हाङ र जिल्ला सदस्य सुभाष लिम्बू रहनुभएको थियो । 
कार्यक्रममा अतिथि विरबल योङहाङले मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि देव धिमालले  राजवंशी भाषामा मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भाष्कर चाम्लिङले अबको चुनावमा मूलबासी मंगोलहरुको अस्तित्व,अधिकार प्राप्तिसंगै मुलुकको दिगो विकास र समृद्धिको निमित्त भाले चिन्हमा आफ्नो अमुल्य मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो । उक्त कार्यक्रममा नगरसभा सदस्य ईश्वर मगरके स्वागत मन्तव्य राखेका थिए भने सचिव रेवत मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्