Mongol Vision News | 1 जून 2019
झापा / भद्रपुर नगर स्थित वार्ड नं . ३ मा मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाको आयोजनामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
१ जुन २०१९ का दिन मंगोल नेशनल अर्गनाइजेशन का सुभेच्छुक तथा समर्थक स्थानिय निवासी बिजय तामाङको सभाध्यक्षतामा राखिएको कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य श्याम लिम्बु ज्युको प्रमुख आतिथ्यतामा र मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाका अध्यक्ष सागर दर्जी ज्युको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम भद्रपुर नगरसभाका अध्यक्ष किशोर मगरले सञ्चालन गर्नु भएको थियो ।
कर्यक्रममा अतिथी सागर दर्जी ज्युले सम्बोधन गर्दै मानव अस्तित्वको बिषयमा प्रष्टयाउनु भएको थियो साथै नेपालको बास्तबिक समस्या र मुलबासी मंगोलहरु शोशित हुनुपरेको कारण हिन्दु वर्णाश्रमी ब्यबस्था भएको कारणले जबसम्म मुलबासी मंगोल समुदायहरु अहिन्दु बन्दैनन र आफुले आफुलाइ मुलबासी मंगोल भन्दैनन तबसम्म शाशक हुन नसक्ने कुरा पनि प्रष्टयाउनु भयो । कार्यक्रममा सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी श्याम लिम्बु ज्युले जबसम्म मंगोल नेशनल अर्गनाइजेशनलाइ देशको शाशन सत्ता सम्हाल्न दिइदैन तबसम्म नेपालको मुहार फेर्न नसकिने हुनाले अबको आउने चुनावहरुमा समस्त मुलबासी मंगोल समुदायहरुले मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह भालेमा मतदान गर्नुपर्ने कुरा बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष बिजय तामाङले मंगोल नेशनल अर्गनाइजेशन प्रतिको आफ्नो धारणा ब्यक्त्त गरे संगै समापन भएको कार्यक्रममा उल्लेखिय मात्रामा स्थानीय लोकशक्तिको उपस्थिती रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology