बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न

Baneera Mongol Meche | 19 जनवरी 2019

भद्रपुरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेसन भद्रपुरनगर सभाले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।१९ जनवरी मा भद्रपुरनगर स्थित भिमनगर चाेकमा एमएनअ‍ो भद्रपुरनगर सभाका अध्यक्ष जयेन मगरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि साथै मुख्य प्रशिक्षकमा एमएनअो प्रदेश नं. १ सभाका अध्यक्ष भाष्कर चाम्लिङ राई र विशिष्ट अतिथि साथै सह प्रशिक्षकमा एमएनअो जिल्ला सभा झापाको अध्यक्ष रुद्र थुलुङ राई रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साथै विशिष्ट अतिथिले संयुक्तरूपमा उपस्थित नगरसभाका पदाधिकारीलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक भास्कर चाम्लिङ राईले सांगठनिक विषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभयो । त्यस्तै विशिष्ट अतिथि तथा सहप्रशिक्षक रुद्र थुलुङ राईले अब हामीले जनताको काम गर्नुपर्ने कुरामा जोड दिदै यस्ता काम गर्नलाई अावश्यक व्यवहारिक ज्ञानहरुको बारेमा प्रशिक्षण प्रदान गर्नुभयो । उक्त कार्यक्रमलाई भद्रपुरनगर सदस्य अाशिष रानामगरले स्वागत मन्तव्य राखेका थिए भने नगर सचिव अर्जुन लोवाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्