बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपूरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न

mongolvision | 29 अक्टोबर 2021

भद्रपूरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपूर नगरसभाको आयोजनामा एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम 
एम. एन. ओ. भद्रपूर नगर सभाध्यक्ष रावण मंगोलको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय  सदस्य सान मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा १४ औं झापा जिल्ला अधिवेशन मूल आयोजक सभा सदस्य सागर दर्जी हुनुहुन्थ्यो । 
        कार्यक्रममा सागर दर्जीले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि मेचेले उपस्थित सम्पूर्णमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले नेतृत्व साहस , धैर्यता र संघर्षको निरन्तरताबाट निर्माण हुने कुरामा जोड दिनुभयो ।  नगरसभाका कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगरसदस्य रञ्जित लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सचिव रेवत मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्