बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भद्रपुरमा मानव अस्तित्व विषयक प्रशिक्षण सम्पन्न

Mongol Vision News | 29 फेब्रुअरी 2020

भद्रपुरमा मानव अस्तित्व विषयक प्रशिक्षण सम्पन्न

झापा/  भद्रपुर नगरपालिका वडा नम्बर ३ रंगीला चौक स्थित मित्र टोलमा मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सक्रीयतामा मानव अस्तित्व विषयक एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम एमएनओ भद्रपुर नगर अध्यक्ष जयेन मगरको सभाध्यक्षतामा सक्रीय भद्रपुर नगर सदस्य बिकिन काम्बाङको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सञ्चालन भएको थियो । प्रशिक्षण कार्यक्रममा नगर अध्यक्ष जयेन मगरले उपस्थित महानुभावहरुलाई मानव अस्तित्व लगायत एमएनओको विधि, विधानबारे वृहत् रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँले मंगोलहरु यो देशको मूलवासी भएको बताउनु हुँदै, वास्तविक आदिवासी जनजाती बाहुन क्षेत्री भएको प्रमाण रहेको कुरामा जिकिर गर्नु भएको थियो ।

भद्रपुरमा मानव अस्तित्व विषयक प्रशिक्षण सम्पन्न

त्यसैगरी आफुले आफैलाई चिनेर आफ्नो घर एमएनओमा फर्किएर अस्तित्व सहित जिउँदो मानिस भएर बाच्न प्रशिक्षक मगरले आह्वान गर्नु भयो । उक्त प्रशिक्षण कार्यक्रममा भद्रपुर नगर सभाका कोषाध्यक्ष सुबास इधिङ्गो लगायत सदस्य सोनाम तामङको उपस्थिति रहेको थियो । मित्र टोलका स्थानीय मूलवासी मंगोल लोक समुदायहरुको उपस्थितिलाई सम्बोधन गर्दै नगर सचिव अर्जुन लोवाले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्