शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भवितव्य नभएर हत्या हुन सक्छ

Mongol Vision News | 11 जूलाई 2019

भवितव्य नभएर हत्या हुन सक्छ

तनहुँ/ 4 July का दिन मंगोल नेशनल अर्गनाइजेशन तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरका ममतामयी दिदि कुन्त माया मगरको विभत्स हत्या भएको छ । सन 1945 मा घिरिङ गाउँपालिका वडा नम्बर 4 तनहुँमा जन्मनु भएका दिवल सिंह थापा मगर र खगिसरा थापा मगरकी छोरी मृतक कुन्त माया मगरको पुर्कोट हुस्मी सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा निजले घाँस काट्न बोकेको धारिलो हसियानै प्रयोग गरि रहस्यमय तथा शंकास्पद तरिकाले हत्या भएको थियो । उक्त दु:खद घडिमा मृतक परिवारप्रति धर्य धारण गर्ने शक्ति मिलोस भनी सहानुभूति प्रदान गर्नको लागि मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाको आयोजनमा केन्द्रीय नेता साथै नेतृगणहरु र जिल्ला सभा, गाउँ तथा नगर सभाका नेता तथा कर्यकर्ताहरुको बाक्लो उपस्थितिमा समवेदना पत्र हस्तान्तरण गरेको छ । मृतक कुन्त माया मगरको हत्या 4 July का दिनमा नै भएको तर लास भने 5 July का दिन मात्र खोज्ने क्रममा भेटिएको थियो । स्थानीय वासिन्दाका अनुसार हत्या पछि गाउँमा एकजना झट्ट हेर्दा पागल जस्तो हुलिया भएका भारतीय व्यक्ती गाउँमा डुलिहिडेको र साथमा मृतकको हसिया रगताम्य अवस्थामा बोकेको भेटिएकोले स्थानीयले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलयलाई जिम्मा लगएको थियो । 

              जिल्ला प्रहरी अधिकृतका अनुसार यदि मानसिक सन्तुलन गुमाएर भवितव्य घटना भएको भए कानुन नलाग्ने कुरा बताएका थिए । मानसिक सन्तुलन गुमाएका व्यक्तिले यस्तो जघन्य हत्या हिंसा गर्नै नसक्ने यदि हत्यारा स्वभावकै भए भारतबाट नेपालसम्म आइपुग्दा किन घिरिङ गाउँ, कुन्त माया थापा मगरकै हत्या ? मृतक परिवार तथा स्थानिय वासिन्दाका अनुसार यो घटना रहस्यमय रहेको बताए । मृतक कुन्त माया थापा मगरको हत्याको प्रकृति नियाल्दा यो भवितव्य नभएर रहस्यमय रहेकोले घटना प्रती थप अनुसन्धानको लागि मंगोल नेशनल अर्गनाइजेशनले जिल्ला प्रशासन कार्यलयलाई जोड दिएको छ । यो भवितव्य नभएर हत्या हुन सक्ने भएकोले घटना प्रती निष्पक्ष छानवीन गरि हत्यारालाई सजाय दिलाउन संगठनले जस्तोसुकै कदम चाल्न परेता पनि पछि नहट्ने कुरा समवेदना हस्तान्तरण गर्ने क्रममा केन्द्रीय सदस्य सोम गुरुङले बताउनु भएको थियो । साथै यो देशको अहिन्दू मूलवासी मंगोलहरु प्रती यसप्रकारको घटना सिर्जना हुँदै आएकोले हतोत्साहित नभई सचेत बनि अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्