बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बलजीत लिम्बूको अध्यक्षतामा उर्लाबारीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 9 डिसेम्बर 2020

बलजीत लिम्बूको अध्यक्षतामा उर्लाबारीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

 मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभा र उर्लाबारी १ नम्बर वडा सभाको संयुक्त आयोजनामा बलजीत लिम्बूको अध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

आज 9 डिसेम्बरका दिन लक्ष्मीझार टोलमा सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी संगठनका वैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ विशिष्ट अतिथि रहेको थियो । कार्यक्रममा उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रमुख अतिथी तामाङले आदिवासी जनजाती, मंगोल र मूलवासी शब्दबारे प्रष्ट पार्नुहुदै मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भयो भने विशिष्ट अतिथी साम्पाङले पनि उपस्थित भेलालाई सम्बोधन गर्नुहुदै मंगोल नेशनल अर्गनाइजेसनमा एक हुनुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रमलाई मोरङ जिल्ला सचीव धनराज लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्