बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चुलाचुली गाउँपालिकामा एमएनअोको एकदिने प्रशिक्षण सम्पन्न

Mongol Vision News | 17 अक्टोबर 2020

चुलाचुली गाउँपालिकामा एमएनअोको एकदिने प्रशिक्षण सम्पन्न

ईलाम / मंगोल नेशनल अर्गनाइजेशन चुलाचुली गाउँपालिका सभाको अायोजनामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

चुलाचुली गाउँपालिकामा एमएनअोको एकदिने प्रशिक्षण सम्पन्न

अाज दिनाङ्क १७ अक्टोबर २०२० शनिवारको दिन चुलाचुली गाउँपालिका वडा नं. -२ तीनकुने पोखरीमा एमएनअो चुलाचुली गाउँसभाका अध्यक्ष चन्द्र केरुङ ज्यूको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचे ज्यूको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भयो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिहरुमा संगठनका केन्द्रीय सदस्य मेलिना तामाङ, १ नं. प्रदेश सभाका सचिव सागर राई अतिथिमा झापा जिल्ला सचिव बानिरा मेचे, कमल गाउँपालिका अध्यक्ष प्रेम लिम्बू , सहसचिव हिजन राई रहनुभएको थियो ।

तीनकुने पोखरीका स्थानीय लोकसमुदायको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक सान बहादुर मेचे ज्यूले मानव उत्पति, मानव अस्तित्व साथै विविध समसामयिक विषयमा केन्द्रीत रहेर मंगोल राष्ट्रवाद सम्बन्धि बृहत् रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथि सागर राई, अतिथि बानिरा मेचे, अतिथि प्रेम लिम्बू ज्यूले पनि अाफ्नो मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रम तीनकुनेका स्थानीय मंगोल नेशनल अर्गनाइजेशनका शुभेच्छुक समर्थक सुन्दर वाजी राईले सञ्चालन गर्नुभएको थियो ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्