mongol vision | 20 अप्रिल 2021
झापा/ मंगोल नेशनल अर्गनाइजेशन चुलाचुली गाउँ सभाको आयोजनामा चुलाचुली वाड नम्बर ३ मा एकदिने प्रशिक्षण कार्यक्रम साथै वाड सभा गठन सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा बैशाख ६ गते सोमबार चुलाचुली ३ किरात चौकमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम लाई केन्द्रिय सदस्य मेचेले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । सो क्रममा उहाँले मंगोल दर्शनको बारेमा प्रष्ट पार्नुभयो । प्रशिक्षण कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य देव नारायण धिमालले पनि मन्तव्य राख्नुभएको थियो । चुलाचुली गाउँ सभा अध्यक्ष चन्द्र केरुङको अध्यक्षतामा भएको कार्यक्रमकै अवसर पारेर पुजन राईको अध्यक्षता ११ सदस्यीय तदर्थ वाड सभा समेत गठन गरिएको छ । जसको सचिव, कोषाध्यक्ष र सह-सचिवमा क्रमश प्रताप राई, प्रबिन लिम्बू र नितेस राई रहेका छन् भने सदस्यहरुमा सलिर लिम्बू , प्रदिप लिम्बू ,नवीन लिम्बू , दिनेश राई, सागर राई, अमिशा लिम्बू र पुर्ण बहादुर लिम्बू रहेका छन् । तदर्थ वाड सभा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी सान बहादुर मेचेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा स्थानीय मंगोल जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँ सभा सचिव थमन सिंह राइले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology