मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चुलाचुलीमा मंगोल राष्ट्रवाद सबन्धी प्रशिक्षण

Mongol Vision News | 22 फेब्रुअरी 2020

चुलाचुलीमा मंगोल राष्ट्रवाद सबन्धी प्रशिक्षण

इलाम/ इलाम जिल्लाको चुलाचुली गाउँसभाको वडा नम्बर ४ स्थित सगरमाथा टोलमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    फेब्रुअरी 22 शनिबारका दिन एमएनओ चुलाचुली गाउँसभाको सक्रीयता र एमएनओ झापा जिल्लाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । चन्द्रबहादुर केरुङको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा मानव उत्पत्तिको विषयमा वृहत् प्रशिक्षण भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा एमएनओ झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोल रहनु भएको थियो । मूलवासी मंगोल समुदायहरुको उल्लेखनीय उपस्थितिको बीच प्रमुख प्रशिक्षक मेचेले मानव उत्पत्तिलाई लिखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

    प्रशिक्षणकै क्रममा मेचेले मंगोलहरु पछाडी पर्नुको मुख्य कारण राजनिती देखि अदेखा भएको कुरामा जोडदिनु हुँदै अबको पुस्ता शिक्षित संगै राजनितीक चेतनशील बन्नुपर्ने कुरा बताउनु भयो । सन् १४९५ मा शरणार्थीको रुपमा नेपाल भित्रेका बाहुन क्षेत्रीले नेपालमा प्रवेश पछि राजनिती गरेका कारण आजसम्म राजनिती फोहोरी खेल हो भन्दै हामी माथी राज गरिरहेको कुरा बताउनु हुँदै विशिष्ट अतिथी लासिम हाङ मंगोलले अबको समय २१औं शताब्दीको चेतनशील युवा बनिनु राजनितीक चेतनशील बन्न पर्ने कुरामा जोडदिनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्