सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चुली पोखरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 22 डिसेम्बर 2019

चुली पोखरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङ मिक्लाजुङ गाउँसभाको बिशेश पहलमा मिक्लाजुङ् -२ चुली पोखरीमा एकदिने मुलवासी मंगोलबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

       स्थानीय मुलवासी मंगोल बिमल राइज्युको सक्रियता तथा सन्त कुमार राइको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य तथा युवा नेता सुरज फोम्बो लिम्बू प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक लिम्बुले उपस्थित स्थानीय मुलवासी मंगोल समुदायलाई हामी हिजोको दिनमा यो माटोको असली हकदार भएपनि आज सुकुम्बासी बन्दै गएको र यो अवस्थामा खाँटी मुलवासी मंगोलमाथी षड्यन्त्र गर्ने को हुन् भन्ने अदेखा सचाई बारे प्रस्ट्याउनु भएको थियो ।

       प्रशिक्षण कै क्रममा लिम्बुले भन्नुभयो " हाम्रो पुर्खालाई जालसाजी गरेर हाम्रै राज्यमा स्याल दरबारदेखी सिहदरबार सम्म हिन्दुत्वको जालो फिजाउन सफल भएपनि अबको चुनावमा मंगोलको भोट मंगोललाई दिएर मुलवासीहरुको गुमेको हक अधिकार फिर्ता गर्न अहिलेदेखि नै राजनीति चेतनशील बन्नैपर्छ भन्नुभयो " छोटो दिन चिसो मौसमका बाबजुद निकै उत्साहजनक सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा रविन्द्र श्रेष्ठले स्वागत मन्त्यब्य राखेका थिए भने धनराज लिम्बुले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्