शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चुनावी प्रचारप्रसारसंगै पोखरा महानगरपालिकामा -१६, वडासभा गठन

Mongol Vision News | 25 नोभेम्बर 2019

चुनावी प्रचारप्रसारसंगै पोखरा महानगरपालिकामा -१६, वडासभा गठन

पोखरा / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा कास्कीको आयोजनामा November 23, 2019 मा चुनाव प्रचारप्रसार संगै पोखरा महानगरसभा अन्तर्गत वडा नम्बर - १६ , वडा सभा गठन भएको छ ।

        कार्यक्रममा सभाअध्यक्ष कास्की जिल्ला कोषाध्यक्ष टेक राना मगर ज्युले गर्नुभएको थियो भने प्रमुख प्रशिक्षकमा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रियाज गुरुङ्ग हुनुहुन्थ्यो । त्यस्तै अन्य अतिथिहरुमा एमएनओ केन्द्रीय सभा सदस्य गंगा खपाङ्गी ज्यु साथै विशिष्ट अतिथिहरुमा एमएनओ गण्डकी प्रदेश सभाका प्रचार प्रसार सचिव भिम गुरुङ रहनुभएको थियो । विभिन्न टोलबाट उपस्थिति भएका बुद्धिजीवी मंगोल शुभचिन्तकहरुलाई कार्यक्रमका मुख्य प्रशिक्षक गुरुङ्गले आफ्नो मंगोल अस्तित्व बारेमा प्रस्ट्याउदै आफ्नो उम्मेदवारी यो मुलुकमा जिउँदै मरे सरह बाँच्नु विवश पारीएका अहिन्दु मुलवासी मंगोल समुदायलाई शिर ठाडो गरेर जिउँदो बचाई र अर्थपूर्ण मराईको निम्ति भएको बताउनुभएको थियो । साथै लिला तामाङको अध्यक्षतामा पोखरा महानगरपालिका वार्ड न- १६ मा , १७ सदस्यीय वडासभा गठन भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्