बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चिर्तुनधारा वडा सभाको अध्यक्षमा मंगाेल जेे.बी गाहा ।

Baneera Meche Mongol | 19 जनवरी 2019

चिर्तुनधारा वडा सभाको अध्यक्षमा मंगाेल जेे.बी गाहा ।

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको बगनासकाली गाउँपालिका वडा नं. १ चर्तुनधाराको ऐतिहासिक प्रथम वडा अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । माघ १ गते मंगलबारको दिन खोरबारी चिर्तुनधारा स्थित याम बहादुर सारू मगरको अध्यक्षता र संगठनका केन्द्रीय मूलसचिव थम्मन बुढा मगर प्रमुख आतिथ्यता साथै केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन बिभाग सदस्य लाल बहादुर दर्लामिको विशिष्ट आतिथ्यता ऐतिहासिक प्रथम चिर्तुनधारा वडा सभा अधिवेशन सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा अतिथिहरू केन्द्रीय सदस्य जयकली दर्लामी, प्रान्त नं पाँच सभाका अध्यक्ष दिपक थापा मगर, धनिसरा दर्लामि, देव प्रसाद श्रेष्ठ, टेक बहादुर आले, पाल्पा जिल्ला सभा अध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमश: तोप खाम्चा, पुरन दर्लामी र रन बहादुर पुन थिए । कार्यक्रमका प्रमुख अतिथी बुढा मगरले संगठनको पाँच क्रान्ती स्वरूप पाँच वटा मैन बत्ति बालेर संगठनका फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर डा.गोपाल गुरुङको तस्वीरमा खादा अर्पण गर्नु भयो । साथै युग पुरुष अमर डा.गोपाल गुरुङको स्मृतिमा एक मिनेट मौन धारणा पनि गरेका थिए । 

चिर्तुनधारा वडा सभाको अध्यक्षमा मंगाेल जेे.बी गाहा ।

कार्यक्रममा प्रमुख अतिथी बुढा मगरले बन्दसत्रबाट नवनिर्वाचित पदाधिकारिहरूलाई खादा ओढाई सफल कार्यकालको शुभकामना प्रदान गर्नु भयो भने बन्दसत्रबाट एक्काईस सदस्यीय वडा सभा चयन भएको थियो । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः मंंगाेल जे बी गाहा, कृष्ण कनैजे, रोबर सारू, शेर बहादु दिशुवा छन् । सदस्यहरूमा सुरेस दिशा, यम ब गाहा, उम राना, किरण राना, रविन मगर, सुनिता गाहा, प्रकाश हिताङ्गा, दिपक सिंजाली, जेमन सिंह रेश्मि, गणेश गाहा, विष्णु राना, शिला रेश्मी र शुन्दर गाहा रहेका छन भने सल्लाहकारमा यानवीर राना, निल बहादुर चर्ती मगर, गुन बहादुर गाहा, रुद्र बहादुर रेश्मी र नर बहादुर राना छन् । कार्यक्रममा प्रमुख अतिथी बुढा मगरले यो समय अहिन्दू मूूूलवासी मंगोल अस्तित्वको निम्ति ठुलो त्याग गर्ने समय भएकोले जस्तोसुकै लोभलालचमा पनि नफस्न सम्पुर्ण मंगोलप्रेमी महानुभाबहरूलाई आह्वान गर्नु भयो । त्यसैगरी पाल्पा जिल्ला सांस्कृतिक सभाका कार्यकर्ताहरूले पनि विभिन्न प्रस्तुति गरेको थिए भने जे बी जिएमले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्