शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चितवन जिल्लाको दोश्रो अधिवेशन मिति तय

Mongol Vision News | 17 मार्च 2020

चितवन जिल्लाको दोश्रो अधिवेशन मिति तय

चितवन/ मंगोल नेशनल अर्गनाइजेशन चितवन जिल्ला सभाको दोश्रो जिल्ला अधिवेशन आगामी बैशाख २७ गते हुने निर्णय पारित भएको छ । 16 मार्च सोमबारका दिन टेक तामाङको अध्यक्षतामा बसेको जिल्ला सभाको नियमित बैठकले उक्त सभा विघटन गरि टेक तामाङकै संयोजकत्वमा १५ सदस्यीय दोश्रो जिल्ला अधिवेशन मूलआयोजक सभा गठन गरेको छ । जसको सचिवमा फैन्द्र जंग गुरुङ, कोषाध्यक्षमा, भिमबहादुर घले त्यस्तै सदस्यहरूमा क्रमशः विशाल मगर, बर्षा घले, सुस्मा तामाङ, खुशिमाया गुरुङ, युवक तामाङ, राम पुन, मेक आले, नरबहादुर थापा, राजन बहादुर गुरुङ, लालमान घले, वीरबहादुर गुरुङ, र महेन्द्र राना चयन भएका छन् । बैठकमा संगठका केन्द्रीय सदस्य अकल तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिहरुमा केन्द्रीय सदस्यद्वय सान मेचे र सोम गुरुङ रहेका थिए । त्यस्तै अन्य अतिथिहरुमा बागमती प्रदेस सदस्य प्रदीप गुरुङ, शृसा तामाङ, रुपा थापा र निर्मला थापा रहेका थिए । बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी तामाङले युग पुरुष अमर डा.गोपाल गुरुङले देख्नु भएको सपनाको देश नेपाललाई यथार्थमा परिणत गर्ने समय र परिस्थिति आइसकेको बताउनुहुँदै निडर र निर्भीक भएर संगठन विस्तारमा लाग्न आह्वान गर्नुभयो । साथै आगामी बैशाख २७ मा हुने जिल्ला सभाको दोश्रो जिल्ला अधिवेशन सभ्य र भव्यताका साथ सु-सम्पन्न गर्न शुभकामना प्रदान गर्नु भएको थियो । बैठमा विशिष्ट अतिथिद्धय सान मेचे र सोम गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्