बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चितवनमा २८औँ विश्व मूलबासी दिवस

mongolvision | 11 अगस्ट 2022

चितवनमा २८औँ विश्व मूलबासी दिवस


चितवन/ मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा चितवनको आयोजनामा भरतपुर-११ मुक्तिनगर गुरुङ मगर समाजको सभाहलमा २८औँ विश्व मूलवासी दिवस  कार्यक्रम सम्पन्न भएको छ ।
     ९ अगस्टका दिन सम्पन्न उक्त कार्यक्रम एम.एन.ओ. चितवन जिल्ला सभा अध्यक्ष टेक बहादुर तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि बागमती प्रदेश सभाका सदस्य प्रदीप गुरुङ  रहनुभएको थियो । 
 जिल्ला सभाका सल्लाहकार पुर्ण ब. राई र बिसन मगर, विशिष्ट अतिथी प्रदिप गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मणि पापोले नेपालका मूलबासी मंगोलहरुलाई आदिवासी, जनजाती र दलितको विल्ला भिराएर संवैधानिक रुपमा नै विभेद गरेको कुरा जगजाहेर गराउँदै सम्पूर्ण मूलबासी मंगोलहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रम चितवन जिल्ला सभाका सचिब फईन्द्र गुरुङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्