सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चौथो धादिङ जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न

चौथो धादिङ जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न | 27 फेब्रुअरी 2022

चौथो धादिङ जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न


धादिङ / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा धादिङको चौथो जिल्ला अधिवेशन घोषणा सभा कार्यक्रम २६ फेब्रुअरी फागुन १४ गते शनिबार भब्य रुपमा सम्पन्न भएको छ ।
धादिङबेशी शिरानबजार स्थित क्रीक होटलको सभा हलमा मूल आयोजक सभाको संयोजक धर्मराज सेन्देनको सभाध्यक्षता र केन्द्रिय सदस्य साथै अनुशासन विभागको संयोजक गणेश चाम्लिङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम २५ फेब्रुअरी शुक्रबार  बन्दसत्रबाट निर्वाचित भएको पदाधिकारीहरुको नामावली घोषणा गरेर सुरुवात भएको हो भने धर्मराज सेन्देनको अध्यक्षतामा ३८ सदस्यीय जिल्लासभा घोषित गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्लिङले कार्यकर्तालाइ अनुशासित भएर प्रेसिडेन्टको नीति निर्देशन बमोजिम ढुक्क भएर संगठनलाई विस्तार गर्न आह्वान गर्दै हिजो महामानव ड गोपाल गुरुङले गरेको संघर्षहरु सम्झाएको थियो।त्यसै गरि विशेष अतिथिहरु केन्द्रिय सर्वोच्च सभाको सदस्यहरु सान बहादुर मेचे र रिन्छेन तामाङले पनि कार्यक्रमलाई संबोधन गर्दै पछिल्लो निर्वाचन नजिकिए संगै यो देशको सत्ताधारी बाहुन क्षेत्रीहरुले गरेको षड्यन्त्रहरु देखि अलिकति पनि विचलित नभैकन निडर निर्भीक र निर्धक्क भै संगठनलाई अगाडि बढाउनुपर्छ भन्दै नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाइ ज्ञापन गरेको थियो भने कार्यक्रममा अन्य अतिथीहरु केन्द्रिय सदस्यहरु कासिमा तामाङ,धनमाया तामाङ, जोनी मंगोल विश्वकर्मा र बागमती प्रान्तीय सभाको अध्यक्ष राजेन्द्र तामाङ,कोषाध्यक्ष शालिक मगर,सहसचिव कर्म तितुङ,प्रचार सचीव श्रीषा तामाङ सदस्य सन्तोष कुमार तामाङ लगायत अन्य सदस्यहरु त्यसैगरी चितवन जिल्लाध्यक्ष टेक बहादुर तामाङ,नुवाकोट जिल्लाध्यक्ष प्रदीक्षा तामाङ,रसुवा जिल्ला विकास तामाङ,काभ्रे जिल्लाध्यक्ष कमल बहादुर तामाङ ,सिन्धुली जिल्लाध्यक्ष शान्तविर तामाङ,सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि प्रचार सचीव नवीन तामाङ लगायतका वक्ताहरूले नवनिर्वाचित पदाधिकारीहरु शुभकामना व्यक्त गरेको थियो।
कार्यक्रममा धादिङ जिल्लावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो कार्यक्रममा नवनिर्वाचित सहसचिव चमन गल्देनले स्वागत मन्तव्य राखेर बिनोद थिङले कार्यक्रम संचालन गरेको थियो

चौथो धादिङ जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न

धर्मराज स्यादेनको अध्यक्षमा ३८ सदस्य जिल्ला सभा सर्बसहमतीमा चयन
मंगोल नेशनल अर्गनाइजेशन चौथो धादिङ जिल्ला अधिबेशनको बन्द सत्रले धर्मराज स्यादेनको अध्यक्षतामा ३८ सदस्य धादिङ जिल्ला सभा सर्बसहमतीले चयन भएका छन । अधिबेशनले सचिब , कोषाध्यक्ष , सह सचिव र प्रचार सचिबमा क्रमश हिरा बहादुर धले , वीर बहादुर लामा ,चमन तामाङ र मिसाङ तामाङ लाई चयन गरेको छ भने वरिष्ठ सदस्यमा  चोक बा तामाङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रुपा तामाङ ,ममता तामाङ ,समिता तामाङ ,सुनिल तामाङ ,राजु प्राखिन ,शक्त बहादुर तामाङ ,यम बहादुर तामाङ ,बुद्धि मान तामाङ ,टुस्ना तामाङ ,नैन गुरुङ ,शुक बहादुर तामाङ ,बे घले , कमिस्या तामाङ ,संजय गुरुङ ,सीता गुरुङ ,मिरा गुरुङ ,जुनु थिङ ,शर्मिला तामाङ ,श्याम तामाङ ,सरस्वती तामाङ ,शुन बहादुर
तामाङ ,राम चन्द्र आले , गणेश तामाङ ,मिना गुरुङ ,सबिना तामाङ रहेका छन । त्यस्तै पन्च बहादुर तामाङ , मान बहादुर गुरुङ ,कड्क बहादुर गुरुङ , जंग बहादुर गुरुङ , वीर बा थापा र सागर तामाङ लाई जिल्ला सभाको सल्लाहकारमा चयन गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्