मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासीक  सहिद लखन गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसन

Anita Thapa magar | 11 सेप्टेम्बर 2019

ऐतिहासीक  सहिद लखन गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसन

  मिति 11 ,September,2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोर्खाका अध्यक्ष गङगा राना मगरको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा गोर्खा जिल्लाकोसहिद लखन गाउँ पालिका०३, ग्याझामामुलवासी मंगोलहरुको आवाज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धताभन्ने नाराकासाथ मुलवासी मंगोल विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विशिस्ट अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका केन्द्रिय सदस्य प्रबिना थापा मगर हुनुहुन्थ्यो भने । अतिथिहरुका रुपमा  , गण्डकी प्रदेश सभाका पुर्व सचीव देव थापा मगर , प्रचारप्रसार सचिव अनिता थापा मगर , तनहुँ जिल्ला सचिव शुश्मा आले मगर, आबुखैरेनी गाउँ सभा तनहुँका वरिष्ठ सल्लाहकार याम बहादुर गुरुङ , आबुखैरेनी गाउ सभा तनहुँका अध्यक्ष कुमारकाजी तमु , सहिद लखन गाउँ पालिका ०६, गोरखा का सचीव रुद्र थापा मगर हुनुहुन्थ्यो । सम्पुर्ण अतिथिज्युहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका विशिस्ट अतिथिले अबको समयम मतवाली जस्तो मातिएर मस्त चिर निन्द्रामा सपनी बुनेर बस्यो भनी भावी सन्ततिको भविस्य छैन त्यसैले सबैमा राजनिती चेतना हुनुपर्ने र स.गठनमा मा आबद्ध भएर असली राजनीति गर्न उपस्थित सम्पूर्णलाइ आग्रह गर्नुभएको थियो। त्यसरी नै प्रमुख अतिथिले उपस्थित सम्पुर्ण मुलवासी मंगोल महानुभावहरुलाई अत्यन्तै प्रभावकारी ढङ्गले आदिवासी जनजाती र मुलवासी मङ्गोलको बारेमा फरक बताउदै नेपालको असली राजनिती र इतिहास खोतल्दै मङ्गोल रास्ट्रवादसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

ऐतिहासीक  सहिद लखन गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसन

कार्यक्रम प्रेम बहादुर गुरुङ्को अध्यक्षतामा १२ सदस्यीय मङ्गोल नेसनल अर्गनाइजेसन सहिद लखन गाउँ सभा गठन भएको छ ।सल्लाहकारमा रुद्र थापा मगर, भरी गुरुङ र खिल बहादुर गुरुङ हुनुहुन्छ ।त्यस्तै सचीवमा चित्र बहादुर गुरुङ , कोषाध्यक्षमा भगवती गुरुङ , स-सचीवमा सीता गुरुङ हुनुहुन्छ भने अन्य सदस्यहरुमा सुकु गुरुङ , रेक माया गुरुङ , ढक बहादुर थापा मगर, लक्ष्मि थापा मगर, बिपना थापा मगर, बिपिन गुरुङ ,भुपाल थापा मगर र देविन गुरुङहुनुहुन्छ।स्वागत मन्तब्य जिल्ला सदस्य तेम्बा ग्याल्जेनले दिनुभएको थियो। कार्यक्रम सन्चालन जिल्ला सचिव कृष्ण कुमारी घले श्रेष्ठज्युले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्