mongol vision news | 15 मार्च 2020
धादिंग ,मिति १४ मार्च २०२०(२०७६/१२/१)का दिन मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा धादिंग को तेस्रो ऐतिहासिक अधिवेसन धादिंग बेशिको आरके हलमा भब्य रुपमा सम्पन्न भएको छ ।तेस्रो जिल्ला अधिवेसन मूल आयोजक सभाका संयोजक सन्तोष कुमार तामांगको सभाध्यक्षता तथा संगठनका केन्द्रिय सर्बोच्च सभाका सदस्य अक्कल तामांग को प्रमुख आतिथ्यता साथै संगठनका केन्द्रिय आर्थिक सभाका सदस्य सान बहादुर मेचेको बिसेष आतिथ्यता रहेको थियो ।यसै गरि कार्यक्रम मा अतिथिहरु संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामांग ,केन्द्रि सदस्य प्रेम माया तामांग ,रुबेन श्रेष्ठ ,धनमाया तामांग ,अरुणा थामी ,बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ ,बागमती प्रदेश सभा का कोसाध्यक्ष कुमार तामांग ,प्रचार प्रसार सचिब सालिक थापा मगर ,सदस्यहरु :प्रदिप गुरुङ ,श्रीषा तामांग ,पुस्पा तामांग ,कर्मा तामांग ,कबिन राना मगर ,रुपा थापा मगर,हरि तामांग ,जिल्ला सभा नुवाकोटका अध्यक्ष चन्द्र तामांग ,जिल्ला सभा चितवनका अध्यक्ष टेक बहादुर तामांग ,जिल्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङ्ग ,जिल्ला सभा रसुवा दोस्रो अधिवेसन सभा संयोजक विकाश तामाङ्ग ,जिल्ला सभा काठमाडौँ का प्रतिनिधि सुरेश तामाङ्ग ,जिल्ला सभा मकवानपुर का प्रतिनिथी रोजित तामाङ्ग ,जिल्ला सभा सिन्धुपाल्चोक का प्रतिनिधि सांगे दोर्जे तामाङ्ग ,जिल्ला सभा दोलखा का प्रतिनिधि धर्मेन्द्र तामाङ्ग ,जिल्ला सभा मोरंग का प्रतिनिधि सिर्जना घले ,जिल्ला सभा धादिंग अन्तर्गतका धुनुबेसी न पा का प्रतिनिधि सुनिल तामाङ्ग ,निलकण्ठ न पा प्रतिनिधि राम श्रेष्ठ ,
गजुरी गा पा प्रतिनिधि बुद्धिमान तामाङ्ग ,गल्छी गा पा प्रतिनिधि राजु पाख्रिन ,दार्खा खानियावास गा पा प्रतिनिधि मनोज गुरुङ्ग ,तिर्पुरा सुन्दरी गा पा प्रतिनिधि रुपा गुरुङ ,थाक्रे गा पा प्रतिनिधि मिसन तामाङ्ग रहनु भएको थियो ।
कार्यक्रम सभालाई संबोधन गर्नु हुदै प्रमुख अतिथि अक्कल तामांग ले देश ब्यापी रुपमा मंगोल हरु एकजुट भयर मुक्तिको यात्रामा लागेको देख्न पाउदा मंगोल को चेतनाको ढोका खुली सकेको बताउनु भयो भने नवनिर्वाचित जिल्ला सभा धादिंग का पधदिकरिहरुलाई सफल कार्यकाल को सुभकामना दिनुभयो ।यसैगरि कार्यक्रमका विशेस अतिथि सान बहादुर मेचेले मंगोल गीतको अम्श स्मरण गर्नु हुदै पुर्वमा रोपेको मोङ्गोल को बिउ अहिले देश भरि बढिरहेको बताउनु हुदै मंगोल रिसर्च सेन्टर को प्रारम्भिक भवन निर्माणार्थ सहायोग गर्नेसहयोगी मन हरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।मन्तब्यकै क्रममा कार्यक्रमका अतिथि रिन्चेन दोर्जे तामाङ्ग ले संगठनले भनेका कुराहरु विश्व राजनीति परिवेशमा समेत लागु हुन थालेको कुरालाई जगजाहेर गर्नु भयो ।कार्यक्रमका अतिथि प्रेम माया तामाङ्ग ले मूलवासी मंगोलहरु नारी पुरुस समान भयर मुक्तिको यात्रामा लागिरहेको कुरालाई उद्रिध गर्नु भयो ।मन्तब्य लाइ जोड्नु हुदै अतिथि धनमाया तामाङ्ग ले मंगोल रिसर्च सेन्टरको दोस्रो चरणको भवन निर्माणको लागि सहयोगको अपिल गर्नु हुदै प्रारम्भिक चरणको लागि सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु भयो ।कार्यक्रम लाई सम्बोधन गर्नु हुदै सम्पूर्ण बक्ता हरुले निर्वाचित पधदिकरिलाई सफल कार्यकाल को शुभकामना दिनु भयो ।
मंगोल गायिका अरुणा थामी ले मंगोल गीत प्रस्तुत गर्नु भयको थियो ।साहित्य मार्फत प्रदिक्षा तामाङ्ग र नरेश तामाङ्ग ले मंगोल भावनाले ओतप्रोत गजल प्रस्तुत गर्नु भयको थियो ।यसैक्रममा कलाकारहरु रोजित तामाङ्ग ,बिनोद तामाङ्ग ,सुसी लामा ,सुजु लामा ,उषा लामा ,अन्जली तामाङ्ग ,लावंग माया तामाङ्ग,मनिका थापा मगर ,रन्जिता थापा मगर ,सृजना थापा मगर लगायतले सांगीतिक नृत्य र संगीत मनोरंजन प्रदान गर्नु भयको थियो ।कार्यक्रम संचालन राजेन्द्र तामाङ्ग द्वारा भएको थियो ।
धादिंग जिल्लाको ऐतिहासिक तेस्रो अधिवेसन सभा बाट तपसिलका पदाधिकारी हरु निर्विरोध निर्वाचित हुनुभएको छ ।अध्यक्ष धर्मराज तामाङ्ग ,सचिब राजन तामाङ्ग ,कोषाध्यक्ष वीरबहादुर तामाङ्ग ,सह सचिब मान बहादुर तामाङ्ग ,प्रचार प्रसार सचिब चोक बहादुर तामाङ्ग ,सल्लाहकार: सन्तोष कुमार तामाङ्ग ,सागर तामाङ्ग ,पन्च बहादुर तामाङ्ग ,कडक बहादुर तामाङ्ग,जंग बहादुर गुरुङ,वरिस्ठ सदस्य: ममता गुरुङ्ग ,नरेश तामाङ्ग ,सदस्यहरु :सोम तामाङ्ग ,डिलिबहादुर घले ,गणेश तामाङ्ग ,सुनिल तामाङ्ग ,सक्त बहादुर तामाङ्ग ,रुपा गुरुङ्ग ,राजु पाख्रिन तामाङ्ग ,मिसन तामाङ्ग,बहादुर तामाङ्ग ,सबिता तामाङ्ग ,राजिब गुरुङ्ग ,सिर्जना तामाङ्ग ,सोनी मानान्धर ,बीरबहादुर थापा मगर ,आयुस्मा तामाङ्ग ,राजकुमार गुरुङ ,रणकुमारी गुरुङ्ग ,सन्तोष बहादुर श्रेष्ठ ,चमन तामाङ्ग ,अनिल गुरुङ्ग ,सन्तोष तामाङ्ग ,बिपना तामाङ्ग ,शान्ताबहादुर तामाङ्ग ,यम बहादुर तामाङ्ग ,निर बहादुर तामाङ्ग ,रणकुमारी मगर ,सपना गुरुङ ,मेलिना तामाङ्ग ,समिता तामाङ्ग ,शर्मिला तामाङ्ग रहनु भयको छ ।ऐतिहासिक कार्यक्रम भब्य रुपमा सम्पन्न भयको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology