बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अाे काे चर्काे बिराेध पछि हटाउन बाध्य भयाे पृथ्बी नरायणकाे तस्बिर।

Sandeep Sinjali | 11 जनवरी 2019

एम.एन.अाे काे चर्काे बिराेध पछि हटाउन बाध्य भयाे पृथ्बी नरायणकाे तस्बिर।

गण्डकी प्रदेश/कास्की

नेपालमा बिगत ४५० बर्ष राजतन्त्रले हालीमुहाली गरेपश्च्यात लाेकतन्त्र संबैधानिक रुपमा घाेषणा भएकाे झण्डै ५ बर्ष भैसकेकाे छ। राजतन्त्र जस्ताे एकतन्त्रिय शासनकाे अन्त्य संगसगै लाेकतन्त्र अाएपछि अाम जनताका छाेराछाेरी राष्ट्रपति, प्रधान मन्त्री भई शासन गर्ने भएका छन्। यही लाेकतान्त्रिक ब्यबस्थाकाे निमित्त पन्चायत काल देखि ब्यक्तिगत रुपमा र सन् १९८९ देखि जेल भित्रै मंगाेल नेशनल अर्गनाईजेशन नामक संगठन खाेली संगठनिक रुपमा लेख्दै र बाेल्दै अाएका एक मात्र व्यक्ती हुन् युग पुरुष डा.गाेपाल गुरुङ। 

बिगतका राजतन्त्रिय शासनमा पृथ्वीनारायण शाहलाई राट्रपिता भनेर भन्ने गरिन्थ्याे तर अहिलेे नेपालका ८०% अहिन्दु मुलबासी मंगाेलहरुलाई राजनितिक चेतना अाउन थाले देखि २०% हिन्दुका राजा(हिन्दुले राजालाई भगवानकाे अवतार मान्नेलगर्छन्) अल्पमतमा परेका छन्। बहुसंख्यक अहिन्दु मुलबासी मंगाेलहरूले पृथ्वीनारायण शाहलाई साम्राज्यवादी र अाफ्ना पुर्खाकाे हत्याराकाे रूपमा देख्न थालेका छन्। नेपालमा अहिले लाेकतन्त्र छ। ९५% भन्दा बढी लाेकले लाेकतन्त्र स्विकारी सकेकाे भर्खरै सम्पन्न निर्वाचनबाट पुष्टि भएकाे देखिन्छ। लाेतन्त्रमा काेही राजा हुदैनन्।सबै जनताकाे समान हैसियत रहेकाे हन्छ। तर पनि बिगतका दिनमा नेपाल हिन्दुबादी राजाबाट शासित भएकाेले त्यसकाे अवसेस हिजाे पाेखरामा देखिन पुगेकाे छ।

बिगत केही दिन अघि पुर्व राजा भएका ज्ञानेन्द्रले कास्कीकाे पेखरा भ्रमण गरेपछि केही राजाबादी झुण्डबाट कास्कीमा राजतन्त्रकाे नारा लगाएकाे विभिन्न संचार माध्यमर सामाजिक संजालमा छाएकाे थियाे। बिगतका दिनमा पाैष २७ गतेलाई पृथ्बी नारायणकाे जन्मदिनकाे रुपमा मनाउदै अाईका थिए भने अहिले त्यसै अनुरुप अाज पाैष २७ गते का दिन कास्कीको पाेखरा स्थित लखन चाेकमा रहेकाे प्रथम लाेकतान्त्रिक सहिद लखन थापा मगरकाे शालिक वरपर केही राजाबादी हरुले पृथ्वीनारायण काे तस्बिर लगाउदै राजतन्त्रकाे नारा लगाएका थिए। लाेतान्त्रिक मुलुकमा मरिसकेकाे राजतन्त्रलाई ब्युझाउन खाेज्नु मुर्खता हाे र देशलाई अशान्ती कायम गर्नु हाे। स्थापना काल देखि नै मुलबासी मंगाेलहरुकाे अस्तित्व, अधिकार सहित लाेकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताकाे निम्ति संघर्ष गर्दै अाएकाे मंगाेल नेशनल अर्गनाईजेशनले उक्त लाेतान्त्रिक शहिद लखन थापा मगरकाे शालिक वरपर गरिएकाे कार्यकाे प्रेस बिज्ञ्यप्ती मार्फत घाेर भ्रत्सना जनाएकाे छ। लाेकतान्त्रिक मुलुकमा बसेर राजतन्त्रकाे वकालत गर्नु र लाेकतन्त्रकाे लागी लडेका नेपालकाे प्रथम शहितकाे अपमान गर्नु भनेकाे देशलाई अराजक र अशान्ती तर्फ धकेल्नु हाे भन्दै त्यसकाे बिराेध र भ्रत्सना गर्नुपरेकाे मंगाेल भिजन साप्ताहिक संग कुरा गर्दै मंगाेल नेशनल अर्गनाईजेशनका केन्द्रीय सदस्य प्रेम छिरी सेर्पा(दिकपाल) बताउनु भयाे। मंगाेल नेशनल अर्गनाईजेशन प्रदेश नं ४ र जिल्ला सभा कास्कीले उक्त कार्यकाे भ्रत्सना र बिराेध गर्दै प्रेस बिज्ञप्ती निकालेका थिए भने प्रेस बिज्ञप्ती सहित जिल्ला प्रशासनमा जानकारी गराएपछि उक्त लगाईएकाे तसबिर हटाई लखन थापा मगरकाे स्मारक सफाई गरिएकाे हाम्रा पाेखरा स्थित सहयाेगीले बताएका छन्।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्