बिहिबार 19 सेप्टेम्बर 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>

एम.एन.अाे काे ५ नं प्रदेश सभाकाे नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम संम्पन्न

Sandeep Sinjali | 9 जून 2019

एम.एन.अाे काे ५ नं प्रदेश सभाकाे नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम संम्पन्न

प्रदेश नं. ५/ यही मिति ७ र ८ जुन २०१९ मा मंगाेल नेशनल अर्गनाईजेशन ५ नं प्रदेश सभाले अायाेजना गरेकाे दुई दिने नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ। मंगाेल नेशनल अर्गनाईजेशन ५ नं. प्रदेश सभाका अध्यक्ष दिपक थापा मगरकाे अध्यक्षतामा सम्पन्न उक्त पहिले दिनकाे बैठकले विभिन्न महत्वपूर्ण प्रस्तावना माथि छलफल गर्दै निर्णयहरु पारित गरेकाे थियाे। पहिलाे दिनकाे बैठकबाट पारित भएका महत्वपूर्ण निर्णयले याे ५ नं. प्रदेशमा अब एम.एन.अाे काे संगठनकाे गतिविधि निकै तिब्र गतिमा जाने र उक्त कार्यक्रमहरु अब अाउने चुनाबलाई लक्षित गरिएकाे बैठक सकेपछि बहिरिएका एम.एन.अाे ५ नं. प्रानतिय सभाका अध्यक्ष दिपक थापा मगरले मंगाेल भिजन पत्रिकालाई बताउनु भएकाे थियाे।

एम.एन.अाे काे ५ नं प्रदेश सभाकाे नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम संम्पन्न

दाेस्राे दिन भएकाे कार्यक्रता प्रशिक्षण कार्यक्रमकाे प्रमुख अतिथिमा मंगाेल नेशनल अर्ग नाईजेशन केन्द्रीय सभाका मुल सचिव थम्मन बहादुर बुढा मगर, बिशिष्ठ अतिथिमा केन्द्रीय सर्वाेच्च सभाका सदस्य कल्पना थापा मगर, अतिथिहरुमा केन्द्रीय सभाका सदस्य केशु रास्काेटी, केन्द्रीय अनुशासन सभाका सदस्य लाल बहादुर दर्लामी, केन्द्रीय सदस्य तेज कुमारी अाले, भिम बहादुर राना, करण सिहं मंगाेल, चन्द्रमाया गुरुङ, विस्नुमाया राना लगायतका अतिथिहरु सहभागी रहेका थिए। मंगाेल नेशनल अर्गनाईजेशन ५ नं. प्रान्तिय सभाका सदस्यहरुलाई मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय मुल सचिव तथा उक्त कार्यक्रमका प्रमुख अतिथि थम्मन बहादुर बुढा मगरले प्रशिक्षण दिनु भएकाे थियाे। उक्त प्रशिक्षण कार्यक्रममा अाफ्नाे मन्तव्य राख्दै फाउण्डर प्रेसिडेण्ट अमर युग पुरुष डा गाेपाल गुरुङकाे मंगाेलवाद दर्शनले बाउनवादलाई जिति सकेकाे तर मुलबासी मंगाेलहरु लाई बाउनवादीहरुले पत्याउन नसकेकाे र अब एम.एन.अाे काे कार्यक्रताले अाफ्नाे गम्भिरताका साथ तर्क र सिद्धान्तले निखार भए बल्ल बाउनवादी परास्त हुने त्यसले समाजमा समानता, स्वतन्त्रता र भातृत्व विकास हुने जस्ले देशमा दिगाे शान्ती, दिगाे विकास र समृद्धि हुने कार्यक्रमका अतिथि लाल बहादुर दर्लामी ले बताउनु भएकाे थियाे । त्यस लगत्तै कार्यक्रमका बिशिष्ठ अतिथि कल्पना थापा मगरले मन्तब्य राख्दै मुलबासी मंगाेलहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयाे। प्रशिक्षण दिदै कार्यक्रमकाे प्रमुख अतिथिले सांगठनिक सिद्दान्त, संगठनकाे धारणा लगायत विधान काे महत्व र त्यसकाे अपरिहार्यता बारे जानकारी गराउनु भएकाे थियाे। याे देशका मुलबासी मंगाेलहरुले देश संचालन गर्ने दिन छट्टै अाउने र त्यसकाे लागि तयारी रहनु पर्ने बताउदै त्यसकाे अभ्यास गर्ने स्थान एम.एम.एन अाे कुनै बिकल्प नरहेकाे जानकारी गराउदै व्यक्तित्व बिकास काे अावस्यक गुणहरु र अन्तराष्ट्रिय मानवअधिकारका अवधारणा काे विषयमा जानकारी गराउनु भएकाे थियाे। सहभागीहरुलाई मंगाेल राष्ट्रवाद लाई राम्राे संग लागू गर्न पहिला अाफुलाई डा. गाेपाल गुरुङ द्वारा लिखित किताबहरुका एक एक वाक्यहरुलाई बुझ्नु पर्ने बताउनु भएकाे थियाे। उक्त कार्यक्रमकाे संचालन ५ नं. प्रदेश सभा सह सचिव सत्रुधन राेका मगरले गर्नु भएकाे थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्