शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अाे. मंगला गाउँपालीका तदर्थ सभा गठन सम्पन्न।

Deepak Mongol | 3 अगस्ट 2019

एम.एन.अाे. मंगला गाउँपालीका तदर्थ सभा गठन सम्पन्न।

म्याग्दी / ३ अगष्ट २०१९ शनिबार,

मंगाेल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीकाे अायाेजनामा "मंगाेल अस्तित्व र मंगाेल राष्ट्रबाद सम्बन्धी एक दिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रम" मंगला गाउँपालिकाकाे केन्द्र बाबियाचाैरमा सम्पन्न भएकाे छ। जिल्ला सभा अध्यक्ष चित्रबहादुर जुग्जालीकाे अध्यक्षता, र जिल्ला सचिव अाेमविकास पुनमगरले संचालन गरेकाे कार्यक्रममा गण्डकी प्रदेश सभा काेषाध्यक्ष राजु अाले प्रमुख अातिथी, गण्डकी प्रदेश सभा सदस्य रणबहादुर फगामी विशिष्ट अतिथी र प्रमुख प्रशिक्षक तथा बिशिष्ट अतिथी कास्की जिल्ला अध्यक्ष रियाज गुरूङ लगायत जिल्ला सभाका पदाधिकारीहरू र गाउँ,टाेल सभाका प्रतिनिधीहरूकाे समेत उपस्थिती रहेकाे थियाे। कार्यक्रममा जिल्ला सभा सदस्य यलिस राेका मगरले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने मंगाेल भिजन अनलाईन पत्रकार तथा जिल्ला सदस्य दिपक मंगाेलले मन्तव्य राख्नुभएकाे थियाे। प्रमुख प्रशिक्षक रियाज गुरूङले मंगाेल अस्तित्व र मंगाेल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण दिनुभएकाे थियाे भने प्रदेश सभा सदस्य रणबहादुर फगामी र प्रमुख अतिथी प्रदेश सभा काेषाध्यक्ष दुवै जनाले मंगाेल अस्तित्व र मंगाेल राष्ट्रबाद सम्वन्धी थप प्रशिक्षण तथा मन्तव्य राख्नुभएकाे थियाे। उक्त अवसरमा १७ सदस्यीय मंगाेल नेशनल अर्गनाईजेशन मंगला गाँउपालिका तदर्थ सभा समेत गठन भएकाे छ। अध्यक्ष मनबहादुर मगर, सचिव दिलिप बुढाथाेकी मगर, सहसचिव गजेन्द्र बुढाथाेकी मगर काेषाध्यक्ष जयन्ती पुनमगर र प्रचारप्रसार सचिव टपबहादुर राेकामगर लगायत १७ सदस्यहरू रहनुभएकाे छ। नवनिर्वाचित पदाधिकारीहरूलाई जिल्ला सभा अध्यक्ष चित्र बहादुर जुग्जालीले सपथ ग्रहण गराउनु भएकाे थियाे। साथै म्याग्दी जिल्लालाई मंगाेलमय बनाउन अझै बृहत र ठाेस याेजना बनाएर गाउँगाउँ बस्तीबस्ती पुगेर मंगाेलहरू बिउँझाउने बताउनु भएकाे थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्