शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अाे.मालिका गाउपालिका तदर्थ सभा गठन

Dipak Mongol | 18 जून 2019

एम.एन.अाे.मालिका गाउपालिका तदर्थ सभा गठन

म्याग्दि/ मंगोल नेशनल अर्गनाइजेश जिल्ला सभा म्याग्दीमा तदर्थ मालिका गाउँपालिका सभा गठन भएकाे छ ।

       ज्येष्ठ 32 गतेका दिन एमएनओ जिल्ला सभा म्याग्दीले अायाेजना गरेकाे एकदिने खुला परिचयात्मक तथा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएकाे थियाे । त्यस्तै बिशिष्ट अतिथीमा गण्डकी प्रदेश सभाका अध्यक्ष नविन गुरूङ र अतिथीहरू गण्डकी प्रदेश सदस्यहरू रणबहादुर फगामी र कुशल राेका मगर रहनुभएकाे थियाे। मालिका गाउँपालिका केन्द्र दरवाङमा भएकाे उक्त कार्यक्रममा तेजिन्द्र जुग्जाली मगरकाे अध्यक्षतामा १३ सदस्यीय मालिका गाउँपालिका तदर्थ सभा समेत गठन भएकाे थियाे । जसको सचिव भबिन्द्र फगामी मगर, काेषाध्यक्ष राजमाेहन फगामी मगर, सहसचिव खममाया बुढा मगर, सदस्यहरू मनसरा बुढाथाेकी, रेणुका घर्ती मगर, धनबहादुर किसान,दिलबहादुर विक,तुलसी घर्ती मगर,कुलबहादुर फगामी मगर, मिना फगामी मगर, प्रेमबहादुर पुन मगर, बिजय राम्जाली मगर रहेका छन । नवनिर्वाचित पदाधिकारीहरूलाई प्रदेश अध्यक्ष गुरुङले सपथ ग्रहण गराउनुभएकाे थियाे यसैगरी कार्यक्रममा जिल्ला सभा सदस्य डिके पुनले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने, गण्डकी प्रदेश अध्यक्ष नविन गुरूङले मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रम संचालन जिल्ला सभा सचिव अाेमविकास पुन मगरले गर्नु भएकाे थियाे भने समापन जिल्ला सभा अध्यक्ष चित्र जुग्जाली मगरले गर्नुभएकाे थियाे ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्