बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ रूपन्देहीकाे जिल्ला सभामा गरियाे पदपूर्ती ।

Sandeep Sinjali | 28 मे 2019

एमएनओ रूपन्देहीकाे जिल्ला सभामा गरियाे पदपूर्ती ।

रुपन्देही / मंगाेल नेशनल अर्गनाइजेशन काे रुपन्देहीकाे आज २८ मई २०१९ का दिन जिल्ला सभा रुपन्देहीकाे कार्य समिति पदपूर्ती कार्यक्रम सम्पन्न भएकाे छ। एमएनओ रुपन्देही जिल्ला सभाका अघ्यक्ष, सचिब र काेषाध्यक्ष लगायतका पदाधिकारी ५ नम्बर प्रान्तिय सभामा पदाेन्नती भए लगत्तै रुपन्देही जिल्ला सभा नेतृत्व विहिन भएकाे थियाे। त्यही जिल्ला सभालाई नेतृत्व प्रदान गरि एमएनओकाे गतिबिधि तिब्र र व्यवस्थित गराउन उक्त कार्यक्रम गरिएकाे छ। पदपूर्ती कार्यक्रमका सभा अध्यक्ष रुपन्देही जिल्ला सभाका सबै भन्दा बृद्द सदस्य गुप्त बहादुर थापा मगरकाे अध्यक्षमा सम्पन्न भयाे। उक्त कार्यक्रमकाे प्रमुख अतिथि एमएनओ केन्द्रीय सभाका मूलसचिब थम्मन बुढा मगर, बिशिष्ठ अतिथिमा एमएनओ केन्द्रीय सर्वोच्च सभाका सदस्य कल्पना थापा मगर, अतिथिहरुमा एमएनओ केन्द्रीय सभाका सदस्यहरु केशु रास्काेटी, लाल बहादुर दर्लामी, भिम बहादुर राना, तेज कुमार आले, बुधमाया थापा मगर, करण सिंह नेपाली, विष्नुमाया राना का साथै ५ नम्बर प्रान्तिय सभाका सह-सचिव सत्रुधन राेका मगर, सदस्यहरु पुर्ण बहादुर आले, खिल बहादुर गाहा, सुदिप थापा मगर, देब बहादुर गुरुङ लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमकाे संचालन देब बहादुर गुरुङले गर्नु भएकाे थियाे भने उक्त कार्यक्रमकाे प्रमुख अतिथि थम्मन बुढा मगरले आफ्नाे धारणा राख्दै संगठनलाई मजबुत बनाउदै एमएनओ लाई तिब्र रुपमा फैलाउदै लैजानु पर्ने बताउनु भयाे। साथै नयाँ जिम्मेवारी पाएका सदस्यहरुले रुपन्देही जिल्लालाई झनै प्रभावकारी नेतृत्व सहित संगठनलाई बलियाे बनाउदै लैजानु हुन भन्दै व्यक्तीका पछि हाेईन दर्शनकाे पछि लाग्नु पर्छ। सम्पुर्ण सदस्यहरुले आ-आफ्नो जिम्मेवारी पूर्णरुपले बहन गर्नु पर्ने बताउनु भयाे। एमएनओमा धर्मवाद, जातिवाद कुनै पनि हालतमा मान्य नहुने भन्नू भएकाे थियाे। एमएनओमा आई सके पछि आफूलाई शुद्द रुपमा मंगाेल हुनु पर्ने र मंगाेललाई मात्र अगाडि बढाउनु पर्ने बताउनु भयाे। मंगाेल राष्ट्रवादकाे भावनालाई मात्र विशुद्ध मंगाेलएले मात्र अगाडि बढाउन सक्छ भनेर स्पष्ट रुपमा बताउनु भएकाे थियाे। मंगाेलवादमा जहिले पनि सकरात्मकतालाई अंगाल्दै अगाडि बढ्नु पर्ने जानकारी दिनुका साथै निर्देशन सहित शुभकामना व्यक्त गर्नु भएकाे थियाे।

एमएनओ रूपन्देहीकाे जिल्ला सभामा गरियाे पदपूर्ती ।

उक्त कार्यक्रमले अध्यक्षमा खड्ग बहादुर राना, सचिवमा संताेष वि.क., काेषाअध्यक्षमा हुमा गुरुङ र सह-सचिवमा मेख बहादुर गाहालाई पद पूर्ती गरेकाे छ। साथै नयाँ नेतृत्व सहित सम्पुर्ण सहभागी सदस्यहरुलाई गाेपनियताकाे सपथ ग्रहण प्रमुख अतिथि थम्मन बुढा मगरले गराउनु भयाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्