बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. अन्नपुर्ण गाउँपालिका ८ नं. वडा सभा गठन

Mongol Vision News | 20 फेब्रुअरी 2022

एम.एन.ओ. अन्नपुर्ण गाउँपालिका ८ नं. वडा सभा गठन

म्याग्दी, १९ फेव्रुअरी २०२२ का दिन मंगोल नेशनल अर्गनाईजेशन अन्नपुर्ण गाउँपालिका वडा नं. ८ तदर्थ सभाको आयोजनामा एकदिने परिचयात्मक प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपुर्ण गाउँपालिका ८ राम्चे काफलडाडाँमा सम्पन्न भएको कार्यक्रममा सभाध्यक्ष तदर्थ वडा सभाका अध्यक्ष काशी पुन रहनु भएको थियो कार्यक्रमको संचालन जिल्ला सभा सदस्य राम (सिदाहा) गबुर्जाले गर्नु भएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी रहनु भएको थियो। विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीका अध्यक्ष डेगबहादुर (डिके) पुन मगर रहनु भएको थियो भने अतिथि जिल्ला सभा म्याग्दीका सहसचिव एलिना शेरपुजा रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा विशिष्ट अतिथि डेगबहादुर (डिके) पुन मगरले एम.एन.ओ. र मंगोल राष्ट्रबादको दर्शनको बारेमा प्रस्ट्याउँदै अवको चुनावमा कुखुराको भाले चिन्हमा मतदान गर्न मुलवासी दाजुभाई दिदिबहिनीहरुलाई अनुरोध गर्नु भएको थियो । प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामीले मंगोल अस्तित्व, मुलवासी मंगोलहरुको अधिकार तथा वर्ण विभेद विरुद्ध लड्ने एकमात्र मुलवासी मंगोलहरुको छाता संगठनमा गोलवद्ध भई अगाडी बढ्न अनुरोध गर्नु भएको थियो । साथै मन्तव्य राख्दै जिल्ला सभा सहसचिव एलिना शेरपुजाले अन्नपुर्ण गाउँपालिका लगाएत सिङ्गो म्याग्दी जिल्ला नै छिट्टैनै मंगोलमय हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

 

एम.एन.ओ. अन्नपुर्ण गाउँपालिका ८ नं. वडा सभा गठन

कार्यक्रममा १९ सदस्यीय अन्नपुर्ण गाँउपालिका ८ नं. वडा सभा समेत गठन गरिएको छ जसमा अध्यक्ष काशी पुन, सचिव थमबहादुर पुर्जा, सहसचिव गणेश पुन, कोषाध्यक्ष नलबहादुर पाईजा, प्रचारप्रसार सचिव केशव पुन रहनु भएको छ भने, सदस्यहरुमा तिजन पाईजा, श्रीराम पाईजा, तिलक पर्जा, गौरास पुन, मुना गर्वुजा, प्रविन गर्वुजा, दयारा दयाराम गर्वुजा, विकास गर्वुजा, अर्जुन कुमार चोचाङ्गी, लालबहादुर चोचाङ्गी, गमन पुन, टेकबहादुर पुन, गिमराज पुर्जा र धनबहादुर पुर्जा रहनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष काशी पुनले आसन्न स्थानिय तहको निर्वाचनमा अन्नपुर्ण वडा नं.८ मा मंगोल नेशनल अर्गनाईजेशन भारी मतले विजयी गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्