सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ.अन्नपुर्ण गाउँपालिका प्रथम एतिहासिक अधिवेशन सम्पन्न

दिपक मंगाेल | 17 मार्च 2021

एम.एन.ओ.अन्नपुर्ण गाउँपालिका प्रथम एतिहासिक अधिवेशन सम्पन्न

म्याग्दी, १६ मार्च २०२१ का दिन मंगोल नेशनल अर्गनाईजेशन अन्नपुर्ण गाउँपालिकाको प्रथम एतिहासिक अधिवेशन खुला घोषण सभा अन्नपुर्ण गाउँपालिकाको  खिवाङमा सम्पन्न भएको छ।
मंगोल नेशनल अर्गनाईजेशन अन्नपुर्ण गाउँपालिका अधिवेशन आयोजक सभाको संयोजक राम गर्वुजाको अध्यक्षतामा भएको खुला घोषण कार्यक्रमलाई सम्वोधन गर्न केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढा मगर प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी विशिष्ट अतिथी रहनुभएको थियो भने दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभा डिके पुनमगर, सचिव एलिस रोका मगर, सदस्य भिम रोका मगर, धवलागिरी गाउँपालिका अध्यक्ष ओमराज मगर, मालिका गाउँपालिका अध्यक्ष तेजिन्द्र जुग्जाली मगर, रघुगंगा गाउँपालिका आयोजक सभा संयोजक पदम शेरपुजा मगर लगायतका नेता कार्यकर्ताहरु कार्यक्रममा अतिथीको रुपमा उपस्थित हुनुभएको थियो।
अनिता पुनमगर ले संचालन गर्नुभएको कार्यक्रममा प्रतिज्ञा घर्तीमगरले स्वागत मन्तव्य राख्नुभएको थियो। विशिष्ट अतिथि रणबहादुर फगामी तथा अतिथिहरुले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी तथा एम.एन.ओ. केन्द्रिय मुल सचिव थम्मनबहादुर बुढा मगरले २१ औँ शताव्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताव्दी भएको प्रष्ट पार्नु भएको थियो, मंगोल राष्ट्रबाद र एम.एन.ओ. बारेमा बोल्दै उहाँले एम.एन.ओ.ले मात्रै नेपालमा समानता, भातृत्व, स्वतन्त्रता लगाएत मानवअधिकार, दिगो शान्ती र दिगो विकास सहितको असली लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय संघियताको कार्यान्वयन गरी लोकसमुदायहरुलाई विभेद रहित समाज र राष्ट्रको प्रत्यक्ष अनुभुती गराउन सक्ने जिकिर गर्नु भएको थियो ।

एम.एन.ओ.अन्नपुर्ण गाउँपालिका प्रथम एतिहासिक अधिवेशन सम्पन्न

कार्यक्रममा १५ सदस्यीय एम.एन.ओ. अन्नपुर्ण गाउँपालिका सभा घोषण भएको छ, अध्यक्ष सुरेश पुर्जा पुनमगर, सचिव हरिमाया पुनमगर,सहसचिव सुमन पुर्जामगर, कोषाध्यक्ष अनिता पुनमगर, प्रचारप्रसार सचिव अमृत गर्वुजा मगर, सदस्यहरु मदनकुमार गर्बुजामगर, एलिना शेरपुजा पुन मगर, खगेन्द्रकुमार फगामी मगर, कुमार पुनमगर, तेकमान गर्बुजा मगर, विरेन पुनमगर, शुरेन विक, केशव पुनमगर, जयराम विक, दुर्गबहादुर पुर्जा मगर रहनु भएको छ भने सल्लाहकारमा संयोजक राम गर्बुजा मगर, क्या.जयबहादुर तिलिजा मगर लगायत १ सदस्यीय मनोनित गर्ने गरी तिन सदस्य सल्लाहकार समिति चयन गरिएको छ।  उक्त नवगठित सभाका पदाधिकारीहरु चैत्र २ गतेको बन्दसत्रबाट मनोनित हुनुभएको थियो। 
कार्यक्रम समापन गर्दै अधिवेशन आयोजक सभा संयोजक तथा कार्यक्रमका सभाध्यक्ष राम गर्बुजा मगरले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, भौतिक, नैतिक, आर्थिकरुपमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्