दिपक मंगाेल | 2 मार्च 2021
मंगोल नेशनल अर्गनाईजेशन दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभाको सकृयतामा रघुगंगा गाउँपालिका वडा नं.१ तथा विभिन्न टोलहरुमा एम.एन.ओ. संगठन विस्तार भएको छ।
दोस्रो म्याग्दी जिल्ला अधिवेशन सभाका संयोजक डिके पुन मगर एम.एन.ओ. गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी लगाएत अन्य स्थानिय सकृय कार्यकर्ताहरुको समेत उपस्थितिमा परिचयात्मक प्रशिक्षण कार्यक्रम संगै संगठन विस्तार कार्यक्रम पनी गरिएको थियो।
कार्यक्रममा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले एम.एन.ओ. संगठन तथा मंगोलबाद दर्शनको बारेमा प्रशिक्षण गराउनु भएको थियो साथै गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामीले उक्त विषयमा थप प्रष्ट पार्नु भएको थियो।
कार्यक्रममा रघुगंगा गाउँपालिका वडा नं १ बेगखोला वडा सभा, तिपल्याङ टोल सभा त्यसैगरी बादुक टोलसभा गठन भएको छ।
बेगखोला तदर्थ वडा सभामा अध्यक्ष भिम पुन मगर, सचिव शुशिला तिलिजा मगर, कोषाध्यक्ष दिपा पुर्जा सहित १७ सदस्यीय वडा समिति गठन भएको छ,
त्यसैगरी तिपल्याङ तदर्थ टोल सभामा अध्यक्ष भुमान सिं पुर्जाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ टोलसभा गठन भएको छ, भने बादुक तदर्थ टोल सभामा अध्यक्ष काजु फगामी कोषाध्यक्ष धनकुमारी गर्वुजा सचिव लोकेन्द्र गर्वुजा लगाएत ११ सदस्यीय तदर्थ बादुक टोल सभा गठन भएको छ।
मंगोल नेशनल अर्गनाईजेशन दोस्रो जिल्ला अधिवेशन सभाले म्याग्दी जिल्ला सभाको दोस्रो अधिवेशन भव्य र सव्य बनाउनको लागि टोल, वडा, गाउँ तथा नगर सभाहरुको गठन तथा अधिवेशन तिव्र रुपमा गर्दै आईरहेको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology