शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम. एन. ओ. चुलाचुली गाउँसभा पुनर्गठन

mongolvision | 14 फेब्रुअरी 2022

एम. एन. ओ. चुलाचुली गाउँसभा पुनर्गठन


इलाम/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलाम अन्तर्गत चुलाचुली गाउँसभाको पुनर्गठन भएको छ । 
१३ फेब्रुअरी २०२२ का दिन मंगोल समर्थक दल बहादुए श्रेष्ठको सभाध्यक्षता एवं एम. एन. ओ. केन्द्रिय प्रचारप्रसार सचिव मणि पापोको प्रमुख आतिथ्यतामा सम्पन्न एक प्रशिक्षण कार्यक्रम बिच एम. एन. ओ. चुलाचुली गाउँसभा गठन भएको हो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचे रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला सभा इलामका सदस्य चन्द्र केरुङ, झापाबाट कमल गाउँसभा अध्यक्ष हिजन राई र दमक नगरसभा अध्यक्ष दिपेश राई रहनुभएको थियो । 
कार्यक्रममा दिपेश राई, हिजन राई, चन्द्र केरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो भने  उपस्थित लोक समुदायहरुलाई विशिष्ट अतिथि मेचेले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ को राजनैतिक उद्देश्य र अवधारणाको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पापोले अबको समय मूलबासी मंगोलहरु आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त एम. एन. ओ. मा आवद्ध हुनुपर्ने कुरामा जोड दिदै आगामी निर्वाचनमा कुखुराको भालेमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो ।
 दल बहादिर श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय गाउँसभा पुनर्गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः अनमोल लिम्बू, अनिता लिम्बू, दिप ज्योती लिम्बू र रविन राई हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा दिपेन्द्र हाङ्सुरुम्बा, सन्तोष तुम्रोक, गोपाल तुम्रोक, लाल बहादुर सुनुवार, लाल बहादुर तुम्रोक, राम बहादुर केरुङ, शेर बहादुर तुम्रोक, भिमसेन राई, किरण सुनुवार, डम्बर येवा, लक्षमान तुम्रोक, समिर तुम्रोक, टिका याक्खा, विकास केरुङ, मान बहादुर हाङसुरुम्बा, आइतराज केरुङ, राहुल मगर र सुकमाया केरुङ रहनुभएको छ । नवगठित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पापोले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । उक्त कार्यक्रममा दिपेन्द्र लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने इलाम जिल्ला सदस्य सुन्दर वजीले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्