शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम. एन. ओ. गडी गाउपलिकामा बृहत साँस्कृतिक तथा मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न

Nabraj Tamang | 15 फेब्रुअरी 2021

एम. एन. ओ. गडी गाउपलिकामा बृहत साँस्कृतिक तथा मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर / February/14,2021 का दिन मंगोल नेशनल अर्गनाइजेशन गडी गाउपालिका आयोजना र ल्होसार कार्यक्रम समितिको सहायोजनामा गडी गाउपलिक वडा न:५ स्थित बृहत सास्कृतिक तथा मंगोल  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा गडी गाउपलिकाको सोम बहादुर तामाङ्गको  सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सजीव सन्तोष तामाङ्ग ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा एम. एन. ओ. केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङ अथितिहरु एम. एन. ओ. केन्द्रिय सदस्य देव माक्रेहंग,जिबन स्याङ्गतन र एम. एन. ओ. बागमती प्रदेशका कोषध्यक्ष कुमार तामाङ्ग,नवराज तामाङ्ग , युबराज तामाङ्ग  त्यसै क्रममा एम. एन. ओ. जिल्ला सभा मकवानपुरको सजिब बिक्रम थिङ्ग,सुगम तामाङ्ग,युनिष तामाङ्ग,सगर मगर लगयत अन्य गाउपालिका वडाका अथितिहरु उपस्तिथित रहनु भएको थियो।
               कार्यक्रममा प्रमुख अतिथि  ज्युले जुन नेपालमा हाम्रो मूलबासी मंगोलको युगौ देखि चलिआएको र मन्दै आएको सास्कृतिक चार्डपर्ब  संयुक्त रुपमा मनाउनु पर्ने र युग पुरुष डा . गोपाल गुरुङ ज्युको जीवनी र व्यक्तित्व, मानव उत्पत्ति, अस्तित्व र पहिचान,  एम. एन. ओ. को राजनैतिक पृष्ठभुमिको विषयमा प्रशिक्षण  प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  विशिष्ट अतिथि ज्युले अबको समयमा मंगोल युवाहरुले राजनैतिक चेतनशील बनी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मंगोल मुक्तिको यात्रामा अघि बढ्नुको विकल्प नरहेको कुरामा जोड दिनुभयो । र कर्यक्रममा स्वगत मन्तव्य एम एन ओ गडी गाउपालिकका उर्घेन तामाङ्गले गर्नु भएको थियो। स्थानीय लोक समुदायहरुको सौहार्दपुर्ण उपस्थितिमा उक्त कार्यक्रम  बिक्रम थिङ्गले संचालन गर्नु भएको थियो भने एम. एन. ओ. गडी गाउपलिकाको सोम बहादुर तामाङ्गमाको  सभाध्यक्षतामा सम्पन्न भएको थियो।

एम. एन. ओ. गडी गाउपलिकामा बृहत साँस्कृतिक तथा मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्