मङ्गलबार 21 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ गजुरी 4 नम्बर वडा सभा गठन

Mongol Vision | 12 नोभेम्बर 2020

एम.एन.ओ गजुरी 4 नम्बर वडा सभा गठन

धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङ र गजुरि गाउँपालिका सभाको संयुक्त आयोजनामा मुलबासी मंगोल बिषयक प्रशिक्षण तथा वडा सभा कार्यक्रम सम्पन्न भएको छ । एम.एन.ओ. गजुरी गाउँपालिका सभाको अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यथा संगठनको केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । संगठनका बाग्मती प्रदेश सभा सचिव राजेन्द्र तामाङको बिशेष आतित्यथा रहेको कार्यक्रममा जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज सेन्देन, कोषाध्यक्ष वीर बहादुर लामा, जिल्ला सल्लाहकार सन्तोष कुमार तामाङ, एम.एन.ओ गोर्खा जिल्ला सदस्य तेम्बा घ्याल्जेन, धादिङ जिल्ला सदस्य सुनिल तामाङ गजुरी गाउँपालिका सभका कोषाध्यक्ष ठाकुर मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रशिक्षण प्रदान गर्ने क्रममा प्रमुख अतिथि तामाङले नेपालको वास्तविक राजनीतिको सुरुवात केवल मंगोल नेशनल अर्गनाइजेशनले मात्र गर्न सक्ने कुरा बताउनु भएको थियो । कार्यक्रम कै अवसरमा सन्चलाल तामाङको अध्यक्षतामा 14 सदस्यीय एम.एन.ओ गजुरी 4 नम्बर वडा सभा गठन भएको छ । निर्वाचित पदाधिकारीहरुलाइ कार्यक्रमको अतिथिहरु बाट बधाई ज्ञापन सहित सम्पन्न कार्यक्रम लाई गजुरी 7 नम्बर वडा सभाका सचिव रबिलाल तामाङको स्वागत मन्तव्य सहित जिल्ला सदस्य शक्त तामाङ ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्