बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. घोडाघोडी नगर सभा गठन

Mongol Vision | 8 नोभेम्बर 2020

एम.एन.ओ. घोडाघोडी नगर सभा गठन

कैलाली / मंगोल नेशनल अर्गनाइजेशन सुदुरपश्चिमान्चल प्रदेश सभाको आयोजनामा एकदिने मुलाबासी मंगोल प्रशिक्षण कार्यक्रम तथा नगर सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सभाका संयोजक जय बहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतित्यथा संगठनका केन्द्रिय सदस्य तथा मंगोल भिजनका बजार ब्यबस्थापक शिव बहादुर गुरुङले गर्नु भएको थियो  भने एम.एन.ओ गण्डकी प्रदेश सभाका सल्लाहकार तथा मंगोल भिजनका सम्वाददाता देव थापाको बिशेष  आतित्यथा रहेको कार्यक्रमकै अवसरमा दिलिप कुमार सुनारको अध्यक्षतामा 11 सदसिय एम.एन.ओ घोडाघोडी नगर सभा गठन भएको छ । गठित नगर सभाका पदाधिकारीहरु सचिव खड्क बहादुर सिमसेली मगर सदस्यहरु भावना नेपाली, अमर लाल सुनार, सुरेश तिरुवा, राम बहादुर सुनार, गणेश बहादुर सुनार,कासिराम घर्ती मगर, गङ्गा देवि सिमसेली मगर, भुवन सुनार चयन भएको छ । गठित सभाका पदाधिकारीहरुलाइ प्रमुख अतिथीले खादा लागाइ बधाइ दिदै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा एम.एन.ओ देवदह नगर सभाका सचिव बासुदेव नेपाली , सहसचिव सृजना गुरुङको आतित्यथा रहेको थियो । प्रदेश सभाका प्रचार प्रसार सचिव कमल घर्ती मगरको स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव पदम बुढा मगरले सन्चानल गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्